काठमाडौं । नेपाली बजारमा फेरि एक राइड सेयरिङ प्लाटफर्म थपिएको छ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले नेपालमा पनि राइड सेयरिङ सेवा सुरु गरेको हो । उपाय, दोस्ती, ई–ड्राइभ नेपाललगायत नेपाली कम्पनीसँग मिलेर याङ्गोले मंगलबारदेखि काठमाडौंमा परीक्षण राइड सेवा सुरु गरेको हो । । नेपालमा यसअघि पठाओ र इन्ड्राइभलगायत दर्जन हाराहारी राइड सेयरिङ कम्पनी सञ्चालनमा रहेका छन् ।
नेपाली राइड सेयरिङ बजारको धेरैजसो हिस्सा ओगटेका पठाओ र इन्ड्राइभ दुवै विदेशी कम्पनी हुन् । याङ्गो पनि दुबईमा आधारित विदेशी कम्पनी हो । याङ्गो एप गुगल प्ले र एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ । याङ्गो राइडले यात्रुलाई स्थानीय यातायात प्रदायकसँग जोड्दै सेवा प्रदान गर्नेे कम्पनीले जनाएको छ । म्यापिङ, नेभिगेसन प्रणाली र स्मार्ट अर्डर वितरण एल्गोरिदमसहित प्रविधि प्रयोग गरिएको एपले साझेदार चालकहरूलाई किफायती र यात्रुका लागि सहज सेवा दिने याङ्गो राइडका प्रमुख व्यापार अधिकृत अदेनियी अदेबायोले बताउनुभयो । याङ्गोले साझेदारहरूलाई सेवा सञ्चालनमा डिजिटलाइज गर्दै दक्षता अभिवृद्धि गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।
याङ्गो राइडले स्थानीय ट्याक्सी व्यवसायीका लागि पारदर्शिता, दक्षता र मूल्य बढाउन डिजिटल लेखा प्रणाली, फ्लिट व्यवस्थापनलगायतका कार्य गर्ने दोस्ती राइड स्थानीय यातायात कम्पनीका संस्थापक उद्यमी जेनिश श्रेष्ठले बताउनुभयो । याङ्गो समूहले अफ्रिका, ल्याटिन अमेरिका, युरोप, मध्यपूर्व, दक्षिण एसियासहित ३० भन्दा बढी देशमा गतिशीलता, डेलिभरी, फुडटेक, मनोरञ्जनलगायत डिजिटल सेवा प्रदान गर्दै आएको छ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर