काठमाडौं । नेपालस्थित बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले झापाको बिर्तामोडमा पल्सर एन १२५ को बहुप्रतीक्षित सार्वजनिक कार्यक्रम आयोजना गरेको छ ।
बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमका लागि परिचित छ । यसपटक पनि सोही शैलीलाई निरन्तरता दिँदै नयाँ पल्सर एन १२५ को लन्च संगीतमय साँझमार्फत् गरिएको कम्पनीले जनाएको छ । बिर्तामोडको खड्का कम्प्लेक्समा आयोजित कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल, कमल खत्री र वाइबा उर्गेन १६ को लाइभ प्रस्तुति रहेको थियो ।
कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर एन १२५ थियो, जसमा १२४.५८ सिसी एयर-कुल्ड, सिंगल सिलिन्डर इञ्जिन रहेको छ । कम्पनीका मार्केटिङ प्रमुख अमितराज चालिसेले भन्नुभयो, ‘एन १२५ लाई बिर्तामोडमा ल्याउन पाउँदा उत्साहित छौं ।’







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि