काठमाडाैं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हल्ला मात्रै भएको बताउनुभएको छ ।
बुधवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । उहाँले बजारमा आएका हल्लाहरु सस्तो लोकप्रियताका लागि आएका बताउनु भयो । उहाँले मर्मतसम्भारका लागि बाहेक अन्य कुनैपनि बहानामा लोडसेडिङ्ग नहुने बताउनु भयो । उहाँले बेला बखत विद्युत विच्छेद हुने अवस्था आजमात्रै नभइ यसअघिको वर्षहरुमा पनि भएको बताउनु भयो ।
उहाँले गत वर्षमा पनि वर्षमा ७ सय घण्टासम्म यसरी विभिन्न पटक विद्युत गएको दाबी गर्नुभयो । कहिले हावाहुरी, कहिले ठूला ठूला पोल ढलेका कारण, कहिले मान्छेकै कारण पनि विद्युत आपूर्तिमा समस्या भएको उल्लेख गर्नुभयो । मर्मत गरेको बेलामा विच्छेद हुने बाहेक लोडसेडिङको अवस्था नरहेको र आगामी वर्षहरुमा झनै नहुने दाबी गर्नुभयो ।
मन्त्री खड्काले भन्नुभयो, ‘बजारमा केही चर्चा भएको छ । हामीले यो हिउँदमा १ हजार ५ मेगावाटसम्म विद्युत आयात गर्यौँ । आवश्यकताअनुसार ६ सय, सात सय घट्दै आएर यहाँको विद्युत बढ्दै जाने, आयात घट्दै जाने अवस्थामा छ । र थियो । अस्तिको दिनसम्म पनि हामी साढे ३ सय मेगावाट विद्युत आयात गरिरहेका थियौँ । तर आजको रेकर्डअनुसार १ सय ५० मेगावाट निर्यात गरेका छौँ । हामीलाई विद्युत पुगेर, उब्रिएर, निर्यात गरेका छाैँ । लोडसेङिको हल्ला यो सामाजिक सञ्जालको हल्ला मात्रै हो । बेला बखत विद्युत विच्छेद हुने अवस्था आजमात्रै होइन । विगतको वर्षको डाटा हेर्ने हो भनेपनि वर्षमा ७ सय घण्टासम्म यसरी विभिन्न पटक विद्युत गएको पाइन्छ, कहिले हावाहुरी, कहिले ठूला ठूला पोल ढलेका कारण, कहिले मान्छेकै कारण पनि चढेर दुर्घटना भएका कारण, पानी, असिनाका कारण पनि अवरुद्ध भएको पाइन्छ । कहीँ मर्मत गरेको बेलामा विच्छेद हुने बाहेक लोडसेडिङको अवस्था यो वर्ष छैन । अब आगामी त झनै हुने खालको अवस्थै देखिँदैन । किनभने हामी उत्पादन बढाइरहेका छौँ ।’
मन्त्री खड्काले मुलुकको भविष्य विद्युत क्षेत्रमा रहेको बताउनु भयो ।
विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको उर्जामन्त्री खड्काको गुनासो
उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको गुनासो गर्नुभएको छ ।
बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । उहाँले विदेशबाट फोन गरेर बत्ती गयो भन्दै दुःख दिने काम गरिरहेको बताउनु भयो । उहाँले भ्रम फैल्याउनेहरुले राति १२ बजे समेत बत्ती गयो भन्दै आफूलाई फोन गर्ने गरेको बताउनु भयो ।
बत्ती गएको ठाउँ सोधेर नेपालको उक्त ठाउँमा फोन गरेर बुझ्दा बत्ती नगएको तर बत्ती गयो भन्दै दुःख दिने काम गरेको उहाँको भनाइ छ । यस्ता दुष्प्रचार गरिएका विषयमा नलागिकन यथार्थमा रहन आग्रह गर्नुभयो । अवरुद्ध भएको खण्डमा यस कारण अवरुद्ध भयो भनेर सूचना दिने गरेको समेत मन्त्री खड्काले बताउनु भयो । उत्पादनका कमीले लोडसेडिङ नभएको दाबी गर्दै कम उत्पादन भएको समयमा आयात गरेर भएपनि आवश्यक विद्युत उपलब्ध गराएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘विदेशबाट फोन आउँछ, म फोन उठाउँछु, पटक पटक आएका छन् । अनि हामी कहाँ बत्ती गयो भन्छन् । यसरी भ्रम फैल्याउने काम भएको छ । पटक पटक एउटै नम्बरबाट फोन गर्ने, राति १२ बजे फोन गर्ने, हामी कहाँ लाइन गयो भन्ने । त्यहाँ बुझ्दा सबैतिर छ । यो खालको एउटा दुष्प्रचार प्रसार गरिएको पाइन्छ । यस्ता दुष्प्रचार गरिएका विषयमा नलागिकन यथार्थमा रहन आग्रह गर्दछु । अवरुद्ध भएको खण्डमा यस कारण अवरुद्ध भयो भन्ने गरेका छौँ । उत्पादनका कमीले लोडसेडिङ भएको छैन, कम उत्पादन भएको समयमा आयात गरेर भएपनि आवश्यक विद्युत उपलब्ध गराएका छौँ ।’
उर्जा, पर्यटन र कृषिबाट नेपालको समृद्धि सम्भव रहेको बताउनु भयो ।
उद्योगहरुमा पर्याप्त विद्युत वितरण, आजबाट डेढ सय मेगावाट विद्युत निर्यात
उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगधन्दाहरुमा पर्याप्त विद्युत दिएको दाबी गर्नुभएको छ ।
बुधवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो दाबी गर्नुभएको हो । उहाँले यो हिउँदमा पर्याप्त विद्युत दिन नसकेको र मंगलवार रातिबाट उद्योगधन्दालाई पुग्नेगरी विद्युत दिइएको बताउनु भयो ।
उहाँले त्यसबाट बाँकी रहेको करिव डेढ सय मेगावाट विद्युत निर्यात शुरु गरिएको जानकारी दिनुभयो । उहाँले सांसदहरुलाई यथार्थमा रहेको सूचना प्रचार प्रसार गर्न पनि आग्रह गर्नुभयो । सत्य सूचनाले मात्रै जनता लाभान्वित हुने उहाँको भनाइ छ । सामाजिक सञ्जालको दुरुपयोग गर्न नहुनेतर्फ पनि सचेत गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले उद्योगधन्दामा यो हिउँदमा पर्याप्त विद्युत दिन सकिरहेको थिएन । आज रातिबाट उहाँहरुलाई पुग्नेगरी दिएर त्यसबाट पनि उब्रिएको भन्डै डेढ सय मेगावाट अहिले पनि निर्यात भइरहेको छ । यो अवस्था छ । यथार्थपरक रहेर संप्रेषण गर्न सकियो भने जनता लाभान्वित हुन्छन् । सोसल मिडियाको दुरुपयोग पनि भइरहेको छ ।’
मन्त्री खड्काले विद्युतको बजार सुनिश्चित भएको बताउनु भयो । उहाँले आन्तरिक खपत पनि अबका १० वर्षमा साढे १३ हजार मेगावाट हुने अनुमान रहेको बताउनु भयो ।







रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई
सेमन्तको मुक्तक संग्रह‘अँधेरीमा जून’ प्रकाशन
‘देहूडु : अलौकिक ऊर्जा’ प्रकाशित
म्यानचेस्टर डर्बीमा सिटीको विवादास्पद जित