काठमाडाैं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत प्राधिकरणले जारी गरेको श्वेतपत्र यथार्थपरक रहेको बताउनुभएको छ ।
बुधवारको पूर्वाधार समितिको बैठकमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले हालको विद्युत प्राधिकरणको नाफा र घाटा के हो भन्ने सन्दर्भमा पूर्वएमडी गएपछि नयाँ एमडी आएपछि नभएको बताउनु भयो । उहाँले पूर्वएमडी कुलमान घिसिङ एमडी हुँदैका बेलामा बोर्ड निर्णय गरेर प्रस्तावलाई अडिट गर्नुपर्छ भनेको बताउनु भयो । उक्त समयमै महालेखा परीक्षकले प्राधिकरणको घाटा देखाइरहेको तर तत्कालीन कार्यकारी निर्देशक घिसिङले भने नाफा देखाउनुभएको उल्लेख गर्नुभयो ।
उहाँले २६ वटा आयोजना ट्रान्समिसन लाइनका निर्माण गर्ने ठेकेदारहरुले पैसा माग्दा दिन नसकेको तर नाफ देखाउने काम भएकाले अन्तर्राष्ट्रिय स्तरको त्यसको पूरा अडिट गर्ने निर्णय समितिले गरेको बताउनु भयो । अडिट भएअनुसार जस्ताको त्यस्तै बाहिर ल्याउने भन्द्या कार्यान्वयन गर्न कुलमानले नमानेको आरोप लगाउनु भयो । त्यसकारणले पनि एमडी परिवर्तन हुने बित्तिकै श्वेतपत्र जारी गर्न लगाइएको बताउनु भयो । प्राधिकरणका कमजोरीहरुको अझ बढी छानविन गर्नेगरी सरकार अघि बढेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हालको विद्युत प्राधिकरणको नाफा र घाटा के हो भन्ने सन्दर्भमा पूर्वएमडी गएपछि नयाँ एमडी आएपछि भएको होइन । पूर्वएमडी एमडी हुँदैमा बोर्ड निर्णय गरेका छौँ । उहाँले प्रस्ताव ल्याउँदै गर्दा हामीले प्रस्तावलाई प्रश्न राखेर यसको अडिट गर्ने भनेका हौँ । किनभने महालेखा एक थोक भन्छ, तपाईंको प्रतिवेदन अर्कोथोक भनिरहेको छ। यो तालमेल मिलेन । त्यतिबेला महालेखाको प्रतिवेदन बाहिर आइसकेको थिएन तर हामी कहाँ आइसकेको थियो । महालेखाको प्रतिवेदन घाटा देखाइरहेको छ । तपाईं नाफा देखाइरहनुभएको छ । झन्डै २६ वटा आयोजना ट्रान्समिसन लाइनका निर्माण गर्ने ठेकेदारहरुले पैसा मागिरहेका छन्, तपाईंले दिन सक्नुभएको छैन, तपाईं नाफा भन्नुहुन्छ । यो तालमेल मिलेन। यसको फुल अडिट गर्ने, अन्तर्राष्ट्रिय स्तरकै भनेर समितिले निर्णय गरेको छ । प्राधिकरणको शेयर विक्री गर्नुपर्यो। अर्थमन्त्रालयको सहमति लिनुपर्छ । हामी तीन सयमा अहिले बेच्नसक्छौँ भनिसकेपछि आपत्ति जनाएँ । एक त नाफा घाटाको दुविधा छ । अर्कोतिर तीन सयमा बेच्ने, तपाईं छोटो समय बाँकी हुनुहुन्छ । पैसा प्राप्ति भएपछि यसको हिनामिना बढ्ने देखियो नि त । अर्कोतिर झुट हुने भयो त्यसो गर्न मिल्दैन । अडिट गरौँ अडिटले जे भन्छ त्यहीँ गरौँ । त्यसको निर्णय गरिसकेको छ । जस्ताको त्यस्तै बाहिर ल्याउनुपर्छ भन्दा निर्णय कार्यान्वयन गर्न मान्नु भएन । पटक पटक त्यसो भएकाले एमडी परिवर्तन हुने बित्तिकै श्वेतपत्र जारी गर्न लगाइएको हो । अहिलेको श्वेतपत्र यथार्थपरक छ । आयोजनाहरुको तिर्नुपर्ने यकिन आइ नसकेको र तिर्नुपर्ने यकिन गर्न भनेका छौँ । चाँडै अडिट हुँदैछ । यो विषय हात हाल्दा कति चर्चा हुन्छ, कति भनाइ खानुपर्छ, भन्नेकुरा मलाई थाहा छ । तर यसको परिणाम राम्रो आउँछ भन्नेमा मलाई विश्वास छ । जनताका जनप्रतिनिधि बढी जिम्मेवार हुनुपर्छ । यो मेरो निजी सम्पती होइन, देशको सम्पति हो । सबैको दायित्व बराबर छ । यथार्थपरक भएर अध्ययन गर्नुहोला । एकछिन ताली आउँछ भनेर लोकप्रियताका लागि बोल्नु हुँदैन । अझ बढी यसको छानविन हुनुपर्छ । यसमा प्राधिकरण लागेको छ । घाटाको विषयमा नाफा होइन । महालेखाले नै भनिसकेको छ । देशभरबाट जनताले तिरेको पैसा नाफा हो भनेर भन्न पाइन्छ र ? त्यसपछिको दायित्व होला नि । दायित्व घटाएपछि पो नाफा र घाटा होला त ।’
मन्त्री खड्काले दायित्व घटाएपछि पो नाफा र घाटा आउने उल्लेख गर्नुभयो ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न