
काठमाडौं । नेपाली कांग्रेसका नेता लोकेश ढकालले हृदयेन्द्र वीरविक्रम शाह राजा बनेमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पनि समर्थन रहने दावी गर्नु भएकाे छ ।
राजावादीहरुले राजसंस्था पुनःस्थापनाको आन्दोलन चर्काउने उद्घोष गरिरहेका बेला प्राइम टेलिभिजनको एक अन्तर्वार्तामा कांग्रेस नेता ढकालले यस्ताे खुलासा गर्नुभएकाे हाे ।
कांग्रेस सभापति देउवा पनि संवैधानिक राजसंस्थाबारे नकारात्मक नरहेको हृदयेन्द्र वीरविक्रम शाह राजा बनेमा आफ्नो समर्थन रहने सन्देश राजसंस्था पुनःस्थापना आन्दोलनसमक्ष पठाएको नेता ढकालले खुलासा गर्नुभयाे ।
यस्तै नेता ढकालले कांग्रेस नेता शेखर कोइराला पनि हिन्दु राष्ट्र र राजासहितको संवैधानिक व्यवस्थाका लागि जनमत संग्रहमा जान तयार रहेको अभिव्यक्ति दिनुले कांग्रेसका नेताहरू पनि पछिल्लो समयमा राजासहितको प्रजातन्त्रको पक्षमा जान थालेको बताउनु भयो ।
नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले लिएको संवैधानिक राजतन्त्र र नेपाली कांग्रेस तथा प्रजातान्त्रिक शक्तिहरुबीचको सहकार्यले मात्र मुलुकको स्वतन्त्र हैसियत र प्रजातन्त्र सुनिश्चित गर्ने ढकालको भनाइ छ ।
नेता ढकालले चैत्र १५ गते तीनकुनेको घटना सरकारपक्षको कारण हिंसा भड्किएको आरोप लगाउनु भयो ।सरकारले ब्यापक रुपमा शक्ति प्रयोग गरे कै कारण उक्त घटना हुन पुगेको ढकालको आरोप छ । साे घटनामा छानविन आयोग गठन नगरेर सरकारले गल्ती गरेको उहाँको भनाइ थियो । साथै प्रधानमन्त्री केपी शर्मा ओली नै आफ्ना भ्रातृ संगठनहरुलाई उक्साएका कारण यस्ता खालका घटना घट्न थालेकाे उहाँकाे भनाइ थियाे ।
पछिल्लो समय राजनीतिक दलहरुले गल्ती गरेका कारण देश नै संकटमा पुगेको उहाँको धारणा छ ।
तीन दलका नेताले फास्ट ट्राकमा ल्याएको वर्तमान संविधान भित्र गल्ती कमजोरी रहेको बताउँदै नेता ढकालले विगतमा जनमत संग्रहबाट नभै दलका नेताको आन्तरिक सहमतिबाट नै संविधानमा धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र, निर्वाचन प्रणाली लगायत समावेश गरिएको बताउनु भयो ।
साथै अहिले पनि नेपाली काँग्रेस अग्रसर भएर राजनीतिक सहमतिमा संसदबाट नै जनभावना अनुसार संविधान संशोधन गर्न सकिने उहाँको भनाइ छ ।
राजासहित देशमा हाल भएका सम्पूर्ण शक्ति एक ठाउँमा आएर छलफल चलाउन ढिला गर्न नहुने बताउँदै नेता ढकालले नेपाली जनतालाई केन्द्र विन्दुमा राखेर देशका लागि अघि बढ्नु पर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच