
काठमाडौं । यही जेठ २३ देखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘जन्ते बाख्रो’ शीर्ष गीत ‘मुकु मुकु म्या’ सार्वजनिक गरिएको छ । चलचित्रको यो सार्वजनिक तेस्रो गीत हो । गीत डिजिटल पार्टनर जी टुवान डिजिटलमार्फत बुधबार सार्वजनिक गरिएको हो ।
नेपाली ग्रामीण परम्परा र सांस्कृतिक चलनलाई चित्रण गरिएको गीतमा चलचित्र मुख्य पात्रहरू सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडीलगायत फिचर्ड हुनुहुन्छ । सार्वजनिक गीतमा कृष्ण भारद्वाज र निर्भिकल्पमको शब्द, कृष्ण भारद्वाजको स्वर र रिकेश गुरुङको संगीत छ । प्रदीप लामाको कोरियोग्राफीमा तयार भएको गीतलाई लोकेश बज्राचार्यले सम्पादन गर्नुभएको हो । यो चलचित्र विशेषगरी विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई बारी वा खुला ठाउँमा खुवाउने चलन अर्थात् ‘जन्ते बाख्रो’ खुवाउने परम्परामाथि आधारित रहेको निर्देशक सिमोश सुनुवारले जानकारी गराउनुभयो ।
चलचित्रमा रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायत कलाकारको पनि अभिनय छ । यसअगाडि चलचित्र सार्वजनिक गरिएको दुई गीत ‘घामै राजा’ र ‘अंगुरको झुप्पो’ लाई दर्शकले रुचाईसकेका छन् ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार भएको ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा आधारित छ । सन्तोष गौतमको निर्माण रहेको चलचित्रलाई प्रदीप भारद्वाजले लेख्नुभएको हो । यस चलचित्रमा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, सुनिल शिवभक्तिको सम्पादन छ । टिफल्क पिल्मस्ले वितरण गर्ने यो चलचित्रको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच