काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले कैलाली जिल्लाको चुरे गाउँपालिकाअन्तर्गतको ग्वासी आधारभूत विद्यालयका एक सय १० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेशम थापाको अध्यक्षतामा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्लाको दुर्गममा रहेको उक्त विद्यालयमा अध्ययनरत कक्षा एकदेखि आठसम्मका एक सय १० जना विद्यार्र्थीलाई झोला वितरण गरेको हो ।
कार्यक्रममा विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधि, शिक्षक अभिभावक संघका पदाधिकारी तथा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका पदाधिकारीको उपस्थिति रहेको थियो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…