
काठमाडौं । नेपाली चलचित्र क्षेत्रकाको निर्मातामा एक स्थापित नाम हो हिमाल कडरिया । उहाँले निर्माण गरेका चलचित्रमा विविधता पाइन्छ । उहाँले कहिले ‘रातो गलबन्दी’ बनाएर पूर्वी नेपालमा भएको रीतिरिवाज कला संस्कृति र पूर्वीयलवजमा चलचित्र बनाउनुहुन्छ भने कहिले नेपाली राजनीतिक विकृतिको बारेमा ‘नांगो गाउँ’ बनाएर नेता मात्रै होइन जनता पनि चुनावमा कसरी नेताको आश्वासनमा बिकाउ भएर नेतालाई जिताइदिन्छन् भनेर छर्लंग देखाइनुहुन्छ ।
त्यसैगरी कहिले शारीरिक अस्वस्थता र यौन दुर्वलताको कारण कसरी मान्छेहरू पीडित छन् भन्ने बारेमा ‘दुःखी आत्मा’ जस्ता कथाहरू देखाइदिनुहुन्छ कडरियाले । नेपाली समाजको वर्तमान समस्या नेपाली समाजको चेतना र मानवीय व्यवहारको टड्कारो विषय सहकारी समस्याको विषयलाई उठान गरेर एक अर्गानिक कथामा चलचित्र बनाएर देखाउँदै हुनुहुन्छ ‘महाभोज’ चलचित्रमार्फत उहाँ । ‘महाभोज’ नेपाली चलचित्रको एक नवीन विषय र जल्दोबल्दो समस्यालाई कथाको मुख्य पृष्ठभूमि बनाएर निर्माण भएको उहाँको जिकिर छ ।
कडरिया चलचित्र निर्मातासँगै विभिन्न सामाजिक कार्य, ट्राभल्स व्यवसायलगायत क्षेत्रमा उत्तिकै सशक्त रुपले सक्रिय हुनुहुन्छ । उहाँले नेपालदेखि दुवईसम्म विभिन्न क्षेत्रमा व्यावसायिक लगानी गर्नुभएको छ । यही जेठ १५ गतेदेखि नेपाललगायत संसारभर एकैपटक प्रदर्शनमा आउन लागेको ‘महाभोज’ अहिलेका चलचित्र पारखीहरूको लागि प्रतिक्षारत चलचित्र रहेको छ ।
‘महाभोज’ चलचित्रमा अहिलेका स्टारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, अञ्जना बराइली, गौमाया गुरुङ, माल्भिका महत, बसुन्धारा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल जस्ता चलचित्र क्षेत्रका विज्ञ र अनुभवी कलाकारको अभिनय देख्न सकिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच