
काठमाडौं । चलचित्र ‘आ बाट आमा’मा अभिनेत्री विपना थापा अनुबन्ध हुनुभएको छ । यो चलचित्रलार्य चन्द्र पन्तले निर्देशन गर्दै हुनुहुन्छ । निर्देशक पन्तले चलचित्रले आमा र सन्तानबीचको गहिरो कथा भन्ने बताउनुभएको छ ।
चलचित्र भदौदेखि छायांकनमा जानेछ । यसअघि अभिनेत्री थापाले ‘ह्रस्व दीर्घ’मा मेयरको भूमिकामा निवार्ह गर्नुभएको थियो । उहाँ ‘ह्रस्वदीर्घ’मार्फत १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गर्नुभएको थियो ।
अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको यस चलचित्रको थिम पोष्टर केही दिनअघि सार्वजनिक भएको थियो । जहाँ आमाको आँखाबाट खस्न लागेको आँसुलाई बच्चाको हातले अड्याउने कोसिस गरेको थियो । निर्देशक पन्तका अनुसार यो चलचित्र आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच