
काठमाडौं । सिनेमाघरमा चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि यो चलचित्र प्रदर्शनमा आएको हो । यो चलचित्रबाट अभिनेता राजेश हमाल आठ वर्षपछि अभिनयमा कमब्याक गर्दै हुनुहुन्छ । लामो समयपछि राजेशको चलचित्र आउन लागेकाले दर्शक फिल्मलाई लिएर उत्साहित छन् । प्रेम, विछोड, सस्पेन्स र बदलाको कथामा निर्माण भएको यो चलचित्रको देशभरका हलमा बुकिङ खुल्ला गरिएको छ । आज (शुक्रबार)को लागि यो चलचित्रको देशव्यापी शो संख्या १३३ छ ।
‘नरसिंहा अवतार’सँगै आजदेखि नेपालका सिनेमाघरमा चार चलचित्र प्रदर्शनमा आएका छन् । टम क्रुज स्टारर हलिउडको बहुप्रतीक्षित ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’, अर्को एक हलिउड चलचित्र ‘लिलो एन्ड स्टिच’ र बलिउडको ‘भूलचुक माफ’ प्रदर्शनमा आएका छन् । यस्तै ‘ऊनको स्विटर’ले तेस्रो हप्तामा पनि आफ्नो वचश्र्व कायम राखेको छ भने हलमा अहिले हलिउडको ‘फाइनल डेस्टिनेसन : ब्लडलाइन्स’, अजय देवगनको ‘रेड २’, हलिउडको ‘थन्डरबोल्ट्स’, पीताम्बर, अञ्जिला र लाज शरणम् पनि प्रदर्शनरत छन् ।
‘नरसिंहा अवतार’सँगै आजदेखि नेपालका सिनेमाघरमा चार चलचित्र प्रदर्शनमा आउँदैछन् । टम क्रुज स्टारर हलिउडको बहुप्रतीक्षित ‘मिसन इम्पोसिबल : द फाइनल रेकोनिङ’, अर्को एक हलिउड चलचित्र ‘लिलो एन्ड स्टिच’ र बलिउडको ‘भूलचुक माफ’ प्रदर्शनमा आएका छन् ।
सबैभन्दा धेरै शो राजेश हमालको ‘नरसिंहा अवतार’ले पाएको छ । टम क्रुजको ‘मिसन इम्पोसिबल’ले देशभर १२५ शो पाएको छ । राजकुमार राव स्टारर हिन्दी चलचित्र ‘भुलचुक माफ’ ८६ र ‘लिलो एण्ड स्टिच’ले २६ शो पाएका छन् । प्रदर्शनरत ‘ऊनको स्विटर’ले तेस्रो शुक्रबारको लागि ११२ शो पाएको छ । तेस्रो सातासम्म आइपुग्दा यति शो होल्ड गर्नुले ‘ऊनको स्विटर’को ब्यापारलाई दर्शाउँछ ।
यस्तै, गत शुक्रबारदेखि सिनेमाघरमा आएको दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’ले शुक्रबार देशव्यापी १९ शो पाएको देखिन्छ । हलमा अहिले हलिउडको ‘फाइनल डेस्टिनेसन : ब्लडलाइन्स’, अजय देवगनको ‘रेड २’, हलिउडको ‘थन्डरबोल्ट्स’, पीताम्बर, अञ्जिला र लाज शरणम् पनि प्रदर्शनरत छन् ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको ‘नरसिंहा अवतार’मा राजेशको अलवा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेशचन्द सोडारी, प्रकाश कुँवर, राजिभजंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेललगायतका कलाकार अभिनय छ ।
राजुविक्रम थापाले खिचेको चलचित्रमा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । चलचित्रमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच