
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीमानाकाबाट अवैध रुपमा आयात हुने माछा, अण्डा र कुखुरामा प्रतिवन्ध लगाउन जरुरी रहेको बताउनुभएको छ ।
अवैध रुपमा सीमानाकाट भित्रिएका अण्डा, माछा र कुखुराको मासु खानयोग्य नरहेको बताउनुभएको हो । जसकारणले नेपालमा कृषकलाई पनि समस्या भइरहेको उल्लेख गर्नुभयो । जनकपुरमा शुक्रवार मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै मुख्यमन्त्री सिंहले भारतीय सीमाबाट आउने माछामा फर्मालिनको प्रयोग हुने गरेको पाइएको र त्यसले क्यान्सर निम्तिरहेको बताउनु भयो ।
मुख्यमन्त्री सिंहले भन्नुभयो, ‘हामी खुला बोर्डरमा छौँ । हाम्रो खुला सीमाना भएको हिसावले धेरै सामानहरु यताबाट उतार उताबाट यता भइरहेको छ । त्यो चाहेर पनि हामीले रोक्नसक्ने स्थिति छैन । राष्ट्रलाई कुखुरा, अण्डा, माछामा आत्मनिर्भर भइसकेको थियो । तथापि बोर्डरबाट अनधिकृत रुपमा आएर यहाँका किसानहरु ठूलो मर्कामा परेका छन् । माछा कस्तो आइरहेको छ भने त्यो फर्मालिन लगाएको माछा जो यहाँबाट प्याक भएर काठमाडौंसम्म जाँदो रहेछ । त्यसलाई रोक्नुपर्छ । त्यो खाएपछि क्यान्सर पक्कै लाग्छ ।’
मुख्यमन्त्री सिंहले लागुऔषध नियन्त्रण नभए अहिलेको समाजमा ठूलो प्रभाव पर्ने जिकिर गर्नुभयो । प्रहरी समायोजन गर्न पनि माग गर्नुभयो । सरकारसँग प्रहरी नभएसम्म काम गर्न कठिन हुने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच