
समाचार सारांश
-
रारा ट्रेल रनमा पुरुषतर्फ युगराज बुढा र महिलातर्फ सुनमाया बुढाले पहिलो स्थान हासिल गरे।
-
नेपाली सेनाले आयोजना गरेको १६ किमि दूरीको ट्रेल रनमा २१३ खेलाडी सहभागी भए।
-
विजेताहरूलाई नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरियो, ट्रेल रन कर्णाली पर्यटन प्रवर्द्धनको उद्देश्यसहित आयोजना गरिएको हो।
मुगु । नेपाली सेनाले आयोजना गरेको रारा ट्रेल रनको उपाधि जुम्लाका युगराज बुढा र सुनमाया बुढाले जितेका छन् । नेपाल ठूलो ताल रारा ताल वरिपरि १६ किमि दुरि तोकेर नेपाली सेनाले रारा ट्रेल रनको आयोजना गरेको थियो ।
शुक्रवार आयोजित ट्रेल रनमा पुरुष तर्फ कनका सुन्दरी गाउँपालिका वडा न ३ जुम्लाका युगराज बुढाले निर्धारित दुरि १ घण्टा १२ मिनेटमा पारगर्दै प्रथम भएका थिए भने सोही गाउँपालिकाका वडा न १ का सोम बहादुर रावत द्धितिय र वडा न २ का चन्द्र रावतले तृतिय स्थान प्राप्त गरेका थिए ।
महिला तर्फ पातारासी गाउँपालिका वडा न २ जुम्ला कै सुनमाया बुढा प्रथम, कल्पना बुढा द्धितिय र राज्यलक्ष्मी रावल तृतीय भएको आयोजक हनुमान ध्वज गुल्म राराका गुलपति खिम बहादुर अधिकारीले जानकारी गराउनु भयो ।
प्रथम हुने खेलाडीलाई उत्तर पश्चिम पृतनापति तथा उपरथि अनुपजङ्ग थापाले, द्धितिय हुने खेलाडीलाई वाहिनिपति तथा सहायकरथी संजय देउजा र तृतिय हुने खेलाडीहरुलाई प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले नगद पुरस्कार, प्रमाण पत्र र मेडल वितरण गर्नु भएको थियो ।
प्रथम हुने खेलाडीलाई नगद रु ५० हजार दितियलाइ ३० हजार र तृतिय २० हजार नगद सहिद प्रमाण पत्र र मेडल पुरस्कार दिइएको छ ।
५ औँ रारा ट्रेल रनमा सहभागी २१३ जना खेलाडीहरु मध्य ५५ वर्षिय उत्तर पश्चिम पृतनापती अनुपजङ्ग थापा जेष्ठ खेलाडी सहभागी हुनु भएको थियो ।
कर्णालीको पर्यटनको प्रचार प्रसार गर्न र जगबाटै राष्ट्रिय अन्तरास्ट्रिय खेलाडी उत्पादन गर्ने उद्धेश्यले नेपाली सेनाले प्रत्यक वर्ष रारा ट्रेल रनको आयोजना गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच