
बैतडी । बैतडीमा एक जना महिलाको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका –८ ढोले रातापानीकी २४ वर्षीया सरिता बोहराको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु हो ।
शुक्रबार बिहान ९ बजेतिर भालुपण एकलकट्टा भन्ने भीरबाट लडेर उनको मृत्यु भएको आफन्त रमेश बोहराले जानकारी दिनुभयो । भीरबाट झन्डै डेढ सय मिटर तल खसेर घटनास्थलमा नै मृत्यु भएको उहाँले बताउनुभयो ।
उनका एक ७ वर्षीय र अर्का ६ महिनाका छोरा छन् । उनी दुई वर्षअघि पनि भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् । शुक्रबार भीरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएपछि ६ महिने छोराको बिचल्ली भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच