
काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ तेस्रो हप्तामा प्रवेश गरेको छ । देशव्यापी रूपमा १२० भन्दा बढी शोसहित यो चलचित्र शुक्रबारदेखि तेस्रो हप्तामा प्रवेश गरेको हो । आर्टमाण्डू नेपाल प्रालिले निर्माण गरेको यो चलचित्रले दुई हप्ताको अवधिमा घरेलु बक्स अफिसबाट आठ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक नभए पनि नेपालबाहिर पनि चलचित्रले राम्रो व्यापार गरिरहेको निर्माताको दाबी छ ।
नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रले रिलिजको पहिलो दिनदेखि नै उत्साहजनक व्यापार गरेको थियो ।
चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सनविक्रम राई, सुरज तमु, भावना खपांगी मगर र सुनिल पोखरेललगायतको अभिनय छ । दर्शकहरूले दमदार अभिनय, जीवन्त संवाद र प्रभावशाली निर्देशनलाई चलचित्रको बलियो पक्षका रूपमा उल्लेख गरेका छन् । दर्शकको स्वतन्त्र समीक्षाबाट समेत चलचित्रले सकारात्मक चर्चा बटुलिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच