
काठमाडौं । ‘म्यान अफ द वर्ल्ड नेपाल २०२४’ विजेता आयुष दुलाल फिलिपिन्सतर्फ प्रस्थान गर्नुभएको छ । फिलिपिन्समा यही ३१ तारिखसम्म आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘म्यान अफ द वर्ल्ड २०२५’मा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘मिस्टर नेपाल २०२३’ विजेता समर्पण कार्की, निमेश कपाली, ‘मिस्टर वल्र्ड २०२४’ सन्तोष लोक्सम, ‘मिस्टर ग्लोबल २०२४’ योगेश श्रेष्ठ, मिस्टर नेपालको रिजनल डाइरेक्टर सन्दीप केसी, नेसनल डाइरेक्टर रवि धमला, नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेलगायतले बिदाइ गर्नुभएको थियो ।
दुलालले ‘मिस्टर नेपाल २०२४’मा ‘म्यान अफ द वर्ल्ड नेपाल २०२४’ जित्दै यो अवसर प्राप्त गर्नुभएको हो । प्रतियोगितामा उहाँले ‘बेस्ट पर्सनालिटी’को अवार्ड जित्नुभएको थियो । ३५ बढी देशका सहभागी रहने प्रतियोगितामा दुलाल नेपालको एक्लो प्रतिनिधि हुनुहुन्छ ।
प्रतियोगितामा नेपाली कलासंस्कृति चिनाउन दुलालले नेसनल कस्ट्युम राउण्डका लागि विभिन्न नेवारी कलासंस्कृति झल्कने नेपाली ड्रेस तयार पार्नुभएको छ । त्यसका अलावा खुकुरीमा नेपालको झण्डा भएको गिफ्टसमेत सबै सहभागीलाई दिन लिएर जानुभएको छ । आफूले नेपालका कल्चर प्रचार र पर्यटन प्रवद्र्धनमा उक्त प्लेटफम सक्दो सदुपयोग गर्ने उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच