
काठमाडौं । वरिष्ठ गीतकार, गायक, संगीतकार गणेश रसिकलाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गरिने भएको छ । गीतकार संघ नेपालको १६ औँ स्थापना दिवसका अवसरमा उहाँलाई यही जेठ १४ गते बुधबार उक्त सम्मान अर्पण गर्न लागिएको संघका अध्यक्ष वसन्त वित्यासी थापाले जानकारी गराउनुभयो । नेपाली गीत लेखनमा अग्रज गीतकार रसिकलाई एक लाख ५१ हजारसहित ताम्रपत्र र दोसल्ला ओढाएर अमर भावना राष्ट्रिय स्रष्टा सम्मान प्रदान गरिने संघले जनाएको छ । रसिकका ‘नखेल्नु जुवा र तास, घरबेटी नानी आँगनीमा देऊ न मलाई बास, रातो भाले क्वायँ क्वायँ’ जस्ता सयौं गीतहरू सदाबहार छन् ।
त्यस्तै, यस वर्षको डायस्पोरा गीतकार सम्मान गीतकार संघ नेपाल २०८१ विदेशमा बसी नेपाली गीत लेखनमा योगदान पु¥याउनुभएका, हाल अमेरिकाको टेक्सासमा बसोबास गर्ने गीतकार दिलिप योञ्जन तामाङलाई १५ हजार नगदसहित प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिने भएको छ । साथै यस वर्ष विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान-२०८१ बाट मगर भाषाका गीतकार सञ्जोग लाफा मगरलाई २५ हजार २५२ रुपैयाँसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिने भएको छ ।
वरिष्ठ गीतकार, गायक, संगीतकार गणेश रसिकलाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गरिने भएको छ । गीतकार संघ नेपालको १६ औँ स्थापना दिवसका अवसरमा उहाँलाई यही जेठ १४ गते बुधबार उक्त सम्मान अर्पण गर्न लागिएको हो ।
यस वर्ष साहित्य, गीत, संगीतजस्ता बौद्धिक सम्पत्तिको संरक्षण गर्नका लागि प्रतिलिपि अधिकारलाई कार्यान्वयन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुखको जिम्मेवारीमा रही उल्लेखनीय योगदान पु¥याउनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक टेक तामाङलाई बौद्धिक सम्पत्ति संरक्षण सम्मान प्रदान गरिने भएको छ । गीतकार तामाङलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिनेछ । त्यस्तै, संघमा आबद्ध सदस्यहरूमध्ये ८० वर्षभन्दा ज्येष्ठ गीतकार हरिभक्त बुढाथोकीलाई पाँच हजार ५५१ सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिने भएको छ । संघको आजीवन सदस्य गीतकार एलेन ठूलेले संघको कार्यालय सञ्चालनका लागि जिन्सी सामान सहयोग गर्नुभएकोमा उहाँलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिने संघद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संघले प्रत्येक वर्ष प्रदान गर्दै आएको भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कारका लागि उत्कृष्ट दशमा परेका गीतहरूको सूचीसमेत प्रकाशित गरेको छ । संघमा आबद्ध सदस्यहरूले २०८१ सालका लागि दर्ता हुन आएका गीतहरूमध्येबाट भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कारका लागि छानेका उत्कृष्ट १० (दश) गीतमध्येबाट एक गीतले ५७ हजार नगद राशिसहित पुरस्कार प्राप्त गर्नेछ । उत्कृष्ट दशमा परेका गीतमा ‘म त सिधासाधा छु’- डा. ओमकृष्ण प्रसाईं, ‘कुन दैवको साइतमा जन्मेछु’- ध्रुव खनाल, ‘आमा’- डम्बर यक्सो, ‘मुटुमा सजाई राखे’- मनुहाङ किराँती सोलु, ‘आमा तिमी भगवान्को’- राम भट्टराई, ‘अरवी सपना’- सुरेश थापा, ‘कोपिलाको पुकार’- सरला श्रेष्ठ, ‘साकेला सिलिमा नाचौला’- अमरदीप सुनुवार, ‘न त तिमी फूल हौ’- सुनिता बस्नेत थापा र ‘तिमीलाई के भनी’- सरोज अर्याल रहनुभएको छ ।
संघमा आबद्ध सदस्यहरूले २०८१ सालका लागि दर्ता हुन आएका गीत पुस्तकहरूमध्येबाट जगत मर्दन थापा वर्ष गीत पुस्तक पुरस्कारका लागि उत्कृष्ट तीन गीत पुस्तक छनोट भएका छन् । जसमा ‘कोलाज गीत’- हिमांशु राय, ‘अंशियार’- त्रिविक्रम पाण्डे र ‘साइमा स्यामुना’- दिलिप राई सगर रहनुभएको छ । जगत् मर्दन थापा वर्ष गीति पुस्तक पुरस्कार छनोट गरिएका उत्कृष्ट तीन गीति पुस्तकमध्येबाट समितिले सर्वोत्कृष्ट छनोट गरेको गीति पुस्तकलाई नगद पुरस्कार ५७ हजारसहित संघले पुरस्कृत गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच