
समाचार सारांश
-
मालिका गाउँपालिकाले दरबाङ बजारमा बिना दर्ता सञ्चालनमा रहेका ६ वटा औषधि पसललाई सिलबन्दी गरी बन्द गराएको छ।
-
अनुगमनमा औषधिको सुरक्षित भण्डारण, रेकर्ड तथा नियमित बिक्री वितरणको अभाव देखिएको थियो।
-
गाउँपालिकाले अन्य ग्रामिण क्षेत्रका पसलमा पनि अनुगमन गरी अवैध पाए कडाइ गर्ने जनाएको छ।
म्याग्दी । मालिका गाउँपालिकाले गाउँपालिकाको केन्द्र दरबाङ बजारमा विना दर्ता सञ्चालनमा रहेका ६ वटा औषधी पसललाई अवैध भनि ‘सिलबन्दी’ गरेको छ ।
मालिका गाउँपालिकाले गरेको अनुगमनमा मालिका गाउँपालिका ६ दरबाङ बजारका ६ वटा औषकी पसलहरु बिना दर्ता सञ्चालनमा रहेको पाइएकोले सिलवन्दी गरी बन्द गराइएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकालले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, उपाध्यक्ष लक्ष्मी घर्ती पुन, प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र ढकाल, स्वास्थ्य संयोजक सन्तुकुमारी कार्की सहितको टोलीले गरेको अनुगमनको क्रममा औषधि पसल दर्ता नभएको, औषधिहरुको सुरक्षित भण्डारण र रकेर्ड नराखेको, नियमित बिक्रि वितरणका बारेमा जानकारी नराखेको देखिएको गाउँपालिकाकी स्वास्थ्य संयोजक सन्तुकुमारी कार्कीले बताउनुभयो ।
“आज गाउँपालिकाको केन्द्र दरबाङ बजारमा अनुगमन गरी अवैधरुपमा सञ्चालन गरेका औषधी पसलहरु बन्द गरेका छौँ,गाउँपालिकाका ग्रामिण क्षेत्रहरुमा रहेका औषधी पसलहरुको पनि अनुगमन गरी दर्ता नभएका भए बन्द गराउँछौँ” स्वास्थ्य संयोजक कार्कीले बताउनुभयो ।
अनुगमनमा गाउँपालिका अध्यक्ष गर्बुजाले औषधि ब्यवस्था विभाग र गाउँपालिकामा दर्ता नभएका औषधि पसललाई कडाई गरिने बताउनुभयो । गाउँपालिका अध्यक्ष गर्बुजाले कानुनी प्रक्रिया पूरा नगर्ने,अनधिकृत व्यक्तिबाट औषधि बिक्री गर्ने, चिकित्सकले प्रेसक्रिप्सन (पुर्जा)मा बिरामीलाई औषधि दिने गरेको गुनासोका आधारमा अनुगमन सुरु गरिएको बताउनुभयो ।
मालिका गाउँपालिकाले ७ वटै वडामा रहेका अवैध औषधि पसलको विवरण संकलन सुरू गर्ने जनाएको छ । म्याग्दीमा ८५ वटा औषधि पसल सञ्चालन रहेकामा जम्मा १५ वटा औषधी पसलहरुमात्रै औषधि ब्यवस्था विभागमा दर्ता भएका पाइएको छ । विना दर्ता सञ्चालित औषधि पसलका सञ्चालकहरुले पनि बिरामीको उपचार गर्छौँ भनेर प्रचारप्रसार गर्ने गरेका स्थानीयले बताएका छन् ।
गाउँपालिकाका अध्यक्ष गर्बुजाले आगामी दिनमा बजार अनुगमनलाई निरन्तरता दिने र बजारदेखि ग्रामिण क्षेत्रसम्म दर्ताबिना सञ्चालित पसलहरुलाई बन्द गर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच