
काठमाडौं । दूधको खपत बढाऔं, अर्थतन्त्रलाई सबल बनाऔं भन्ने नाराका साथ आयोजना हुने ११औँ विश्व दूध दिवसका अवसरमा उपत्यकास्तरीय अन्तरविद्यालय कविता प्रतियोजना आयोजना हुने भएको छ । नेपाल डेरी एसोसिएसनले सरोकारवाला सबैको सहयोगमा दूध तथा दुग्धजन्य पदार्थको उपयोगितासम्बन्धी सचेतनामूलक कविता प्रतियोगिता बुढानीलकण्ठ-९ स्थित ब्रेनल्याण्ड स्कुलमा १३ गते आयोजना गर्ने भएको हो ।
लेट्स सेलिब्रेट द पावर अफ डेरी भन्ने अन्तर्राष्ट्रिय नारासहित यसपटक जेठ १८ अर्थात् जुन १ तारिख राष्ट्रिय दुग्ध विकास बोर्ड र सबै सरोकारवालाको संयुक्त आयोजना मकवानपुरको हेटौंडामा राष्ट्रियस्तरमा कृषि तथा पशुपक्षी विकासमन्त्रीको उपस्थितिमा विभिन्न कार्यक्रमसहित मनाउने कार्यक्रम रहेको डेरी एसोसिएसनका अध्यक्ष प्रहृलाद दाहालले जानकारी दिनुभएको छ । सोही अवसरमा एसोसिएसनले पनि उपत्यकाव्यापी विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गर्न लागेको उहाँको भनाइ छ ।
विद्यालयस्तरका विद्यार्थीमा दूध तथा दुग्धजन्य पदार्थको मौलिक तथा शारीरिक महत्व, आवश्यकता र मानव स्वास्थ्यका लागि दूध तथा दुग्धजन्य पदार्थको उपयोगिताबारेमा जानकारी अभिवृद्धि गर्ने उद्देश्यका साथ बालबालिकाको अन्तर प्रतिभा प्रस्फुटनका लागि कविता प्रतियोगिता आयोजना गरिएको एसोसिएसनका अध्यक्ष दाहालले बताउनुभएको छ । प्रतियोगितामा करिब ३० विद्यालय सहभागी रहने अपेक्षा गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच