
समाचार सारांश
-
सर्वोच्च अदालतले पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेश सदर गरेको छ।
-
पत्नी निकिता पौडेलले लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै रिहाको मागसहित बन्दीप्रत्यक्षीकरण रिट दायर गर्नुभएकाे थियाे ।
-
सर्वोच्चले रिट खारेज गर्दै थुनामुक्त गर्ने माग अस्वीकार गरेको हो।
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ पर्नुभएको थियो । लामिछानेलाई गैरकानूनी थुनामा राखेको भन्दै लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालत अदालतमा रिहा गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो।
न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी पत्नी पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।
सोही रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले रिहा गर्न अस्वीकार गरेको हो । रवि पत्नी निकिता पौडेलले सुप्रिम बचत उच्च अदालत तुलसीपुर बुटवलले पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध वैशाख ६ गते बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच