
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले राजविराजको रूपनीमा ‘बजाज ग्राण्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ । जुनसुकै मोडल र जुनसुकै ब्राण्डका मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साटासाटको आकर्षक योजना जेठ ११ गतेदेखि सुरु हुने र जेठ १६ गतेसम्म चल्ने कम्पनीले जनाएको छ । मेलामा ग्राहकले नेपाली नागरिकताका आधारमा बजाज बाइकहरू फाइनान्स गर्न सक्नेछन् ।
शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैयाँ अतिरिक्त भ्यालुयसन, निःशुल्क एसेसरिज र आकर्षक छुटसहितको योजना ल्याएको कम्पनीले जनाएको छ । झण्डै ७० भन्दा धेरै देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइकलको साटासाट कार्यक्रमअन्तर्गत तुरुन्त फाइनान्स व्यवस्थाका साथै योजनाअन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्री तत्काल उपलब्ध गराउने व्यवस्थासमेत गरिएको पनि कम्पनीका मार्केटिङ हेड अमितराज चालिसेले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच