काठमाडौं । ज्योति विकास बैंकको मोबाइल बैंकिङ एपबाट हवाई टिकट खरिदमा पाँच सय क्यासब्याक पाइने भएको छ । ज्योति बैंकले बैंकको मोबाइल बैंकिङ एप ज्योति स्मार्टमार्फत् हवाई टिकट खरिद गर्दा ग्राहकले पाँच सय रुपैयाँ क्यासब्याक प्राप्त गर्ने योजना सार्वजनिक गरेको हो ।
बैंकले सार्वजनिक गरेको सर्वाधिक क्यासब्याक योजनामार्फत् बैंकका ग्राहकले ज्योति स्मार्ट एपबाट सस्तो मूल्यमा हवाई टिकट खरिद गर्न पाउनेछन् । देशभरका जुनसुकै एयरलाइन्सका हवाई टिकट खरिदमा उक्त क्यासब्याक पाइने बैंकले जनाएको छ ।
उक्त विशेष अभियान सीमित अवधिका लागि लागू हुने बताइएको छ । बैंकले डिजिटल कारोबार प्रोत्साहन गर्नुका साथै ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै यस्ता आकर्षक योजना सञ्चालन गर्दै आएको छ ।





राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र