
समाचार सारांश
-
सर्वोच्च अदालतले रवि लामिछाने र छविलाल जोशीलाई थुनामै राख्ने आदेश दिएको छ।
-
आदेश बुटवल उच्च अदालतको निर्णय सदर गर्दै आएको हो।
-
लामिछाने पत्नीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरिएको छ।
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी थुनामै रहने आदेश गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सो आदेश गरेको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ पर्नुभएको थियो । लामिछानेलाई गैरकानूनी थुनामा राखेको भन्दै लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालत अदालतमा रिहा गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गरेको यसअघिको आदेशलाई सदर गर्दै सर्वोच्चले शुक्रबार यस्ताे आदेश दिएको हो ।
हेर्नुहाेस् आदेश
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच