हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लामो समयदेखि फरार एकजना प्रतिवादीलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि जिल्ला अदालत, मकवानपुरमा बुझाएको छ।
बैंकिङ कसुर मुद्दामा संलग्न रहेकी हेटौंडा उपमहानगरपालिका–१० निवासी ४० वर्षीया भवानी रानालाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार रानालाई १ महिनाको कैद सजाय र ४१ लाख ७८ हजार ६७ रुपैयाँ जरिवाना तोकिएको थियो। वारदात पश्चात फरार रहेकी रानालाई प्रहरीको विशेष खोजतलास टोलीले पक्राउ गरेको हो।
पक्राउ परेकी रानालाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन आज अदालतमा बुझाएको जानकारी दिइएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच