
सिर्जना सहज स्फुरणको अभिव्यक्ति हो । निरन्तर अभ्यासबाट पनि स्रष्टत्वको आविर्भाव हुन्छ नै । आभ्यासिक स्रष्टत्वका सीमा हुन्छन् भने स्फुरित स्रष्टत्व सीमारहित कल्पनात्मक आवेगको सर्वोच्च उडानमा कहाँ पुग्छन् ? कहाँ ठोकिन्छन्, कता नागबेली पर्छन् र गर्जन्छन् केही ठेगान नहुन सक्छ । विराट्विश्व समन्वयको साँचो यिनीहरूका भाव तरङ्गमा हुन्छ । जीवन रङ्गमा हुन्छ । यिनीहरू सोच्दैनन्-यिनलाई कवित्वले सोच्न लगाउँछ । यिनीहरू लेख्दैनन् यिनलाई कल्पना र कवित्वको ज्वारले कलम समाउन बाध्य बनाउँछ । खतरनाक पक्ष चाहिँ यसमा के रहेको देखिन्छ भने यस्ता स्रष्टत्वबाहक स्रष्टाहरू जीवनको जुनसुकै मोडमा पनि समाप्त हुन सक्छन् ।
नेपाली कविता साहित्यका स्रष्टाद्वय-लक्ष्मीप्रसाद देवकोटा र सिद्घिचरण श्रेष्ठ यसै यात्राका यात्री हुन् । युगकवि सिद्घिचरण श्रेष्ठ लामै अवधि रहेर पनि पछिल्लो समय लगभग स्रष्टत्वशून्य नै भए । देवकोटा छोटो समयावधि मात्र बाँचेकाले उस्तै ऊर्जाशील अवस्थाबाटै समाप्त भए । यस समस्यासँग उनले जुध्नु नै परेन । यसै सन्दर्भ विशेषमा अत्यधिक स्रष्टा/द्रष्टा दुवै व्यक्तित्वलाई चुल्ठी पारेर नेपाली साहित्य जगत्मा दौडिरहेका आभ्यासिक आगाका झिल्कामध्ये एक हुन् कवि तथा समालोचक ठाकुर शर्मा भण्डारी ।
सञ्जालमा भाइरल छैनन् ठाकुर शर्मा । सञ्जाल भाइरल हुने समयको सदुपयोग यिनले लेखनमा गरेका छन् । पद्य कवित्व चेतनाका सुन्दर हस्ती हुन् यिनी । छन्दमा राम्रो पकड पनि छ । विषयगत दुर्बलताका चाहिँ मेरो हेराइबाट यिनी पनि दुर्बल उदाहरण छन्, तिनै मातृपितृपूजक संस्कारभक्त बनेर नै ठाकुरको सिर्जनशीलता अगाडि बढेको छ ।
कविता, समालोचना, एकल र महाकाव्यसम्मको सहलेखन गरी २३ वटा कृति प्रकाशित गरिसकेका ठाकुर शर्मा भण्डारी ऋषि भएका भए सिद्घिको वरदान प्राप्त गरिसक्थे । लेखक भएकाले धेरै कम मान्छेले मात्र सुनेको हुनुपर्दछ यिनको नाम । अभ्यासको आँधीमा द्रष्टा र स्रष्टत्वको समाधि खोज्न खोज्दा यिनी यता न उताको चौबाटोमा पाइला कता जाने हुन् भन्ने स्थितिमा रहेको पाउँछु म ।
सञ्जालमा भाइरल छैनन् यिनी । सञ्जाल भाइरल हुने समयको सदुपयोग यिनले लेखनमा गरेका छन् । यो राम्रो पक्ष हो । पद्य कवित्व चेतनाका सुन्दर हस्ती हुन् यिनी । अभ्यासबाट नै बनेका हस्ती । छन्दमा राम्रो पकड पनि छ । विषयगत दुर्बलताका चाहिँ मेरो हेराइबाट यिनी पनि दुर्बल उदाहरण छन्, तिनै मातृपितृपूजक संस्कारभक्त बनेर नै ठाकुरको सिर्जनशीलता अगाडि बढेको छ भने यिनलाई आँखाका नानी बनाउनेहरू गैरभाइरलकै रूपमा धेरै छन् । कसले कति रुचाउँछ ? यस मानसिकतालाई बोक्यौँ भने हामी त्यही झल्लु इतिहासको गर्भमा हराउँछौँ जहाँ अनेकौँ देशभक्त पुर्खा हराएका छन् । पितृमातृभक्त अग्रज समाप्त भएका छन् ।
देखेको र देखेर लेख्नुभित्रको आस्थामा अनन्तको यात्रा हराउँछ । चाहे सिर्जनामा होस् चाहे समालोचनामा देखेको मात्र लेख्नुको व्यापकता एकदमै कम हुन्छ । ढर्रा पुरानो, शैली पुरानो, विषयवस्तु अझ पुरानामात्र समाएर हामीले गरेको साहित्यिक/समालोचकीय दुवै म्याराथन विजयका शिविर बन्न सक्दैनन् । परम्परा भत्कनुपर्छ, भाटतन्त्र जल्नुपर्छ, स्वार्थीका सीमाका सङ्गतहरू आर्थिक प्राप्तिका आराम हुन सक्लान् । प्रशंसाका बिहान हुन सक्लान् । क्षणिक यिनै पुराना सामन्त सोचबाहक समाजका सामु सानका अभिमान पनि हुन सक्लान् तर सच्चा पदचापका निशान यिनीहरू हुन सक्दैनन् ।
संस्कृतमा आचार्य र नेपालीमा एम.ए.गर्नु अन्तर चाहना हुनेका लागि चेतनाको दह्रो बत्ती बल्नु हो तर यसलाई पदका, पैसाका, प्रशंसाका, पुरस्कारका (जहाँ पायो त्यहीँका), सानका, मानका, नामका डुङ्गामा तैरायौँ भने हाम्रो साहित्यिक जीवनयात्रा तिनै नदी किनारका माझीका रूपमा सिसिफसको माथि र तलका रूपमा रहन्छ । छलाङ् अनिवार्य हो जुनसुकै क्षेत्रमा पनि । हलोले जोत्ने हली ट््याक्टरका मालिक भए । हलाका सिया सालिक । आवाजका आक्रमणले माइक हल्लाउनेहरू कुर्सीका हल्कारा बने । धोती फेरेर चुलाचौका गर्नेहरू बुठजुतामा चुला सल्काउन लागे ।
अब लेखनगत विषय परिवर्तीत हुनु अनिवार्य आवश्यकता भइसकेको छ । मान्यता फेरिनु आवश्यक छ । मूल्यको मूलमा नै झड्काको नवीनता जन्मिनुपर्छ अब । यस चिन्तनको चहक निश्चय नै ठाकुर दाजुमा कम छ । म बुढो भएँ भन्ने होइन आभ्यासिक चेतनाको कलम मर्नु एक सेकेण्डअघिसम्म पनि सिर्जनात्मक परिवर्तन ल्याउन सकिन्छ ।
हिउँले कठ्याङ्ग्याउँछ होइन अब-पोल्छ सिद्ध गर्न सक्नुपर्यो । आगोले पोल्छ होइन अब-चिस्याउँछ सिद्ध गर्न सक्नुपर्यो । त्यसका लागि नदेखेको देख्नुपर्यो, नलेखेको लेख्नुपर्यो । नगरेको गर्नुपर्यो र नभोगेको भोगाइमा अन्तर्भूत हुनसक्ने हिम्मतको आँट जन्माउनु पर्यो । चाहे स्रष्टामा होस् चाहे द्रष्टामा यो अबको अनिवार्यता हो । अपरिहार्य प्रस्तुति पस्कनुपर्ने वर्तमान समयको माग हो । यसका लागि कुन खालका सङ्गतमा फसेका छौँ ? यस सङ्गतले हामीलाई हामीभित्र भएको चेतनाको स्तर बढाएको छ वा भएकोलाई नै समाप्त पारेको छ ? यसको मनोवैज्ञानिक निचोड निकाल्ने क्षमताको विकास केही अंशमा अध्ययन हो तर पूर्ण अंशमा हामी परिवर्तनको अग्रपथ उन्मुख हुन इच्छुक छौँ वा छैनौँ ? मलाई लाग्छ ठाकुर दाजुमा यसको पूर्णाभाव छ ।
सर्वत्र कोमलता र सकारात्मकता पनि स्रष्टामा आँच पुर्याउने अवगुण हुन् । यस अवगुणको सिकार ठाकुर शर्मा पनि छन् । सन्दर्भ यसबाट सम्झनुपर्छ उनले । ठेली र कृति आयातनका आँखाबाट हेर्दा उनी माथिल्ला समालोचक देखिन्छन् तर विचार अभिव्यक्तिका तौरतरिकालाई हेर्दा यी भीमकाय समालोचकीय कृतिमा कमै सर्जकहरू छुटेका होलान् ।
जथबसम्म हामी परम्पराका लिकबाट पाइतालाका पाङ्ग्रा अन्यत्र सार्दैनौँ तबसम्म हामी लेखक/सर्जकहरू साहित्य/ समालोचनाको सच्चा कुर्सीको आसपाससम्म पनि पुग्न सक्दैनौँ । सर्जक भनेकै प्रकृतिप्रदत्त अपरिवर्तीत शाश्वत सत्यलाई छाडेर सबैतिर नयाँ मान्यता स्थापना गर्ने सशक्त एवं ऊर्जाशील व्यक्तित्वको नाम हो । तिनै टीका, तिनै चन्दन, तिनै जनै सेपाइ, तिनै पिण्डदान, तिनै मूर्तिपूजाका परम्परित चौघेरामा मन राख्यौँ भने हामीमा आउन सक्ने सम्भावित नवविचार अटाउने खाली ठाउँ कहाँ रहन्छ ? जबसम्म पुराना विचार झिकेर मस्तिष्कको भाँडो खाली गर्दैनौँ वा रित्तो पार्दैनौँ तबसम्म नवको उद्भाव असम्भव छ । विनानवोद्भाव नवसंसारको सिर्जना पनि गर्न सक्दैनौँ । सायद ठाकुर शर्मा भण्डारीमा यी कुराको अभाव अझ बढी नै पो छन् कि ?
आफ्ना आस्था भन्ने हठले पाकेका अहंवादी सर्जक/समालोचकहरू थुप्रै पाइन्छन्, भेटिन्छन् । यो अहंवादी सोच हो, अहङ्कार हो । दमित मनस्थितिको उन्माद हो । कारण स्रष्टा कुनै आस्थाको सिकार हुँदैन । भूगोलको सीमा चेप्दैन । चाहनाको आकाश छोप्दैन । नयाँभित्रै आफ्नो आस्थाका कलात्मक बिगुल बजाउन सक्ने र सङ्गीत भर्नसक्ने क्षमता उसमा रहन्छ । हो, ठाकुर शर्मा भण्डारीसँग दम्भ छैन, अहङ्कार छैन र वादविवाद पनि छैन । यी अवगुण नहुँदानहुँदै पनि उनी विगत अन्ध परम्पराका टुप्पी वा टोपी संस्कारबाट निर्देशित अवश्य छन् नै । यसबाट मुक्त हुनु सच्चा स्रष्टाको पहिचान हो भन्नेमा म एक इन्च पनि शङ्का गर्दिन ।
सर्वत्र कोमलता र सकारात्मकता पनि स्रष्टामा आँच पु¥याउने अवगुण हुन् । यस अवगुणको सिकार ठाकुर शर्मा पनि छन् । सन्दर्भ यसबाट सम्झनुपर्छ उनले । ठेली र कृति आयातनका आँखाबाट हेर्दा उनी माथिल्ला समालोचक देखिन्छन् तर विचार अभिव्यक्तिका तौरतरिकालाई हेर्दा यी भीमकाय समालोचकीय कृतिमा कमै सर्जकहरू छुटेका होलान् । कहीँ कतै कसैकामा पनि नकारात्मक टिप्पणीको सङ्केतसम्म पनि पाइँदैन । म समालोचक ठाकुर शर्मा भण्डारीलाई यहीँनेर जीवनभर नबिर्सिने तीनवटा प्रश्न गर्छु-‘के नेपाली साहित्यमा भएका अथाह सर्जक अनुहारहरू कलात्मक उचाइकै स्रष्टा छन् ? के यिनका लेखन र व्यवहारमा एक रूपता छ ? के यिनीहरू साँच्चै सम्मानयोग्य छन् ?
जति लेखुन् समालोचना, निबन्ध, कथा, गाथा, जति फुकुन् अध्यात्मचिन्तनको बिगुल मूलतः ठाकुर शर्मा भण्डारी एक कवि हुन्, सच्चा परम्परित धारमा रहेर लेख्ने पद्यकवि । परम्परागत विचार, भावना र सोचको बिँडो थाम्ने पद्य कवि । परम्पराको बिँडो थाम्ने कवि भन्नासाथ अध्यात्म चिन्तनमा कर्मकाण्डी धारका हिमायती स्रष्टा भन्ने बुझिन्छ । सच्चाइमा अहिलेसम्मका ठाकुर शर्मा भण्डारी हुन् पनि यिनै ।
पुरस्कार र सम्मान यिनले मलाई चाहिँ इष्र्या लाग्ने किसिमले प्राप्त गरेका छन् । अहिलेको पुरस्कार÷सम्मानप्राप्तिको लय कुन खालको छ यसबाट ठाकुर पनि अनभिज्ञ छैनन् । होशियार यसै रहरमा उम्लिएर रौसियौँ भने जुनसुकै बेला हामी निर्जन जमिनमा पोखिन सक्छौँ, झर्न सक्छौँ । यसबाट बँचेर ठाकुरमा आक्रामक शैली र नवचेतना आगमनको प्रतीक्षा अनिवार्य छ भन्दै गरेका गालीका प्रसङ्गबाट अक्षर विश्रामको अनुमति आफैँसँग लिएँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच