
मान्छेहरूको बानी पनि गजबको हुन्छ । आफ्नो दिऊँ त मरी नै जाऊँ, अरूको पाए तीन माना चुक खाऊँ । विशेषत मानिसहरू दुई किसिमका कङ्गाल हुन्छन् :
१. मन कङ्गाल २. धन कङ्गाल । भन्दै मास्टरबाले कथा थाले-
२. धन कङ्गाल- पहिलो प्रसङ्ग धन नहुने मन फराकिलो र फरासिलो ऐना जस्तै सफा र कञ्चन कसैलाई पनि नरू आएको, नठगेको इमानी धन कङ्गालबाट सुरु गरौँ । धन कङ्गाल नभएरै हुने हो, अभावले हुने हो । ऊ अरूको लोभ गर्दैन, अरूको पाए खानुहुन्थ्यो भन्दैन । कसैले खुशीराजीले दिए नि ठिकै नदिए नि ठिकै, आशमुखी भएर किमार्थ माग्दैन त्यसो गर्नु आफ्नो प्रतिष्ठा गुमाउनु हो भन्ने ठान्छ । स्वाभिमानी हुन्छ ऊ । सन्तोषम् परमम् सुखम्’ ऊसलाई थाहा छ लोभले लाभ, लाभले विलाप भन्ने अपमान, निन्दा र दुःख कष्टको मूल कारण लोभ लालसा नै हो भन्नेमा ऊ दृढ हुन्छ ।
त्यसैले त ऊ कतै, कसैलाई र कहीँ ठग्दैन, लुट्दैन, जालझेल गर्दैन, कसैलाई रुवाउँदैन, इमान जमानमा तलमाथि कत्ति डेग चल्दैन गर्दैन र त ऊ धन कङ्गाल छ अर्थात निर्धन छ, धनमा ऊ साँगुरो होला तर उसको मन आकाश जस्तै फराकिलो हुन्छ । ऊ धनको होइन मनको धनी हो र त ऊ धन कङ्गाल कहिन्छ ।
कतै, कसैलाई र कहीँ ठग्दैन, लुट्दैन, जालझेल गर्दैन, कसैलाई रुवाउँदैन, इमान जमानमा तलमाथि कत्ति डेग चल्दैन गर्दैन भने ऊ धन कङ्गाल हुन्छ अर्थात् निर्धन छ, धनमा ऊ साँगुरो होला तर उसको मन आकाश जस्तै फराकिलो हुन्छ । ऊ धनको होइन मनको धनी हो र त ऊ धन कङ्गाल कहिन्छ ।
१. मन कङ्गाल- यो सास्वत सत्य हो गरिबको मन सरिफ हुन्छ धनीको मन हरिप हुन्छ । उसमा छलकपट, दुई नम्बरी, तस्करी, चोरी चकारी, व्यभिचारी, ठगी र भ्रष्टाचारी प्रवृत्ति आनीबानी नभएकैले ऊ गरिब गरिबै रहन्छ जब ऊ यी गरिबीका विशेषता छाडेर बाहिर आउँछ र यी माथिका हरिप काम गर्न थाल्छ ऊ छोटो समयमै धनी पनि हुन्छ र द्रव्यपिशाचका जमातमा सम्मानित र सत्य र इमानी समाजको मन मष्तिष्कबीच अपमानित र निन्दित हुन्छ । किनकि उसको मन कङ्गाल छ जताबाट पनि मेरै तुम्बा भरौँ, जे गरेर भए पनि कमाऊँ, लुटौँ, ठगौँ, दुई नम्बरी गरौँ जस्ता इमान विरोधी प्रवृत्तिको विकास उसमा भएकोले उसले जति कमाए पनि, जति धनी भए पनि उसमा मन कङ्गाल भएकाले ऊभन्दा धेरै गरिबसँग पनि लोभ लालसा गरी ठगी र लुट्ने काम गर्छ । हात थाप्न र माग्न कुनै आइतबार लाग्दैन ।
ऊ भएर पनि कङ्गाल हो किनकि उसको मनै कङ्गाल छ । आफूसरह होस् वा गरिबभन्दा गरिबसँग पनि कङ्गाली बनी माग्ने र लिने आशामुखी हुने हुनाले भई कङ्गाल भयो । तसर्थ त्यसलाई भनिन्छ मन कङ्गाल । मन नै कङ्गाल भएपछि धन जति नै भए नि ऊ यसै नि सबैतिर बहुबङ्गाल, दङ्गालका भङ्गाल बन्न जाँदा ऊ कङ्गाली देखिन्छ अनि जगतले लोकले भन्न थाल्छ त्यो मन कङ्गाली हो धन कङ्गाली होइन । उसको घरमा भएर पनि मागी खाने लोभ लालसा राख्ने मन कङ्गाली हो भनेर निन्दा र अपमान हुन्छ इमानीको माझमा यही प्रसङ्गमा एउटा रोचक लोककथामा उपकथा सुनौँ र गुनौँ अनि भनौँ, धन कङ्गाल कि ? ऊ मन कङ्गाल ?
‘आफ्नै रुप्याँ, आफ्नै ध्वाँ’
उहिलेको कुरा हो एक जना ‘छुसे’ भन्ने मानिस अक्करे भन्ने गाउँमा बस्दथ्यो । उसको दुई चार लाख लहनतहन वल्लोपल्लो गाउँमा धरी लगाएको थियो । खेतीपाती पनि पहुल थियो । खाने मुख दुई-तीनमात्रै हुन्थे । प्रतिवर्ष धान कोदो बिक्री गररिरहेकै हुन्थ्यो । बीसतीस हजारको बिक्री प्रतिवर्ष हुन्थ्यो तर छुसे साहुको दैनिक लवाइखवाइ कपडा भोटो कछाड कहिल्यै बदल्नु पर्यो भने पर्व वा कुनै पूजा आजा विवाहबारी नै हुनुपथ्र्यो । कहिल्यै चुरोट तमाखु किनेर नखाने सधैँ मागेरै खाने गर्थे । गाउँले भन्थे ‘किकिटेको धन नलाई नखाई सिद्धिन्छ’ । सानेले भन्यो ‘कुन चाहिँलाई खान लेखेको छ त्यसैको मुखमा पुग्छ’ । ‘के पुग्छ नि ? धादिङ्गेले र चुरेटेले दुई तीन लाख बजाइसके जस्तो छ’ भन्यो जिरेले ।
यस्तैमा कुरा गर्दागर्दै ठ्याक्कै छुसे साहु नयाँ भोटो कछाड र इस्टीकोट लगाएर थपक्क त्यहीँ आएर बस्यो । ‘होइन ए भाइ, तेरो त आयु निकै लामो पो रहेछ । हेर त यतिन्जेल मण्डपमा पुस्तकमा पैसा चढाउने बेला नभएकाले तेरै कुरा गरिरा’को तँ त नाम लिन बेर न आउन बेर भो नि भाइ ?’ हाम्रो उता बन्दर भारतमा ‘नाम ले गा तो सैतान हाजिर’ भन्थे भनेर कलकत्तेले भन्ने बित्तिकै सबै गललल हाँसे । छुसेले सानेतिर फर्केर भन्यो ‘चुरोट झिक्न भाइ के कुरामात्रै गरेको ?’ त्यहीँ नजिकै जिरे नि आएर बस्यो । यी ठिटाहरूलाई छुसे साहुसँग जिस्किन अति मन पर्ने भएकोले नजिकै जुटिहाले ।
नजिकै बसेको सानेले यसो इष्टकोटको तलको पकेटमा अलक्क हेरेको त दश रुपैयाँको नोट रहेछ थपक्क झिक्यो । जिरेले देखेर भन्यो, ‘ए साहु दाइ, साँच्चिनै चुरोट खाने हो त ?’ ‘खोइ त झिक्दैनस् के खाने त नि’ छुसेले भन्यो । आज हामी त्यही पुरान लाठा दलेले पसल ल्याइहाल्छ त्यही किन्ने भनेर दुईचार खिली भएको बट्टा नबोकी आएको लौ किन्न जानुपर्यो । को जाने ? बरू पैसा म दिन्छु सानेले भन्यो ।’ त्यहीँ छेउमा पुग्न पनि तिमीहरूलाई गाह्रो लागे मै जाउँला के भयो र ले साने पैसा’ भनेर उठ्यो । सानेको पालो दशको नोट हातमा राखिदियो र भन्यो ‘दुई पाकेट चुरोट र एकपुरी सलाई ल्याउनु नि बुढा ।’
ल ल भन्दै दले बसेको ठाउँमा पुगेर दुई पाकेट चुरोट र एक पुरी सलाई लिएर आएर फिर्ता पैसा र चुरोट सलाई सानेलाई दिँदै ‘ला साने’ भनेर हातमा राखिदियो । सबै मुखामुख गरेर हाँस्दै आज त भरेको जाग्रममा समेत छुसेले ध्वाँ खर्चको व्यवस्था ग¥यो है भनेर कलकत्तेले भन्दा सबै हललल हाँसे । सानेले पाकेट खोलेर एउटा चुरोट दिएर लो दाइ धित मारेर खाऊ भनेर सलाई कोरिदियो । छुसेले पौन फेरेर तान्यो र फुस्स धुवाँ उडायो । अरूले पनि अरू दुई खिली सल्काएर तान्न थाले ।
ऊ भएर पनि कङ्गाल हो जसको मनै कङ्गाल छ । आफूसरह होस् वा गरिबभन्दा गरिबसँग पनि कङ्गाली बनी माग्ने र लिने आशामुखी हुने हुनाले भई कङ्गाल भयो । तसर्थ त्यसलाई भनिन्छ मन कङ्गाल । मन नै कङ्गाल भएपछि धन जति नै भए नि ऊ यसै नि सबैतिर बहुबङ्गाल, दङ्गालका भङ्गाल बन्न जाँदा ऊ कङ्गाली देखिन्छ ।
सानेले भन्यो, लो दाइ यो चुरोट सलाई र फिर्ता पैसा पनि जतन तिमी नै गर । म खानेबेला मागुँला किनभने मलाई र जिरेलाई त्यता काममा कहिले गाईले, कहिले केले कहिले केले भनिरन्छन् तिमी नै राख भनेर चुरोट सलाई पैसा दियो । छुसेले थपक्क भित्री पकेटमा चुरोट बाहिरी पकेटमा सलाई र पैसा सर्लक्क राख्यो । अनि ती दुई जिरे साने उठेर ल है हामी आगो पार्न ठेकी मदानी जोरजाम गर्न गएम् भनेर गए । नजिक बस्ने सबै हाँसीमात्र रहे ।
खस्यामखुसुक कुरा गरेको छुसेलाई पत्तै भएन । नजिक बस्ने सबैले आज चाहिँ छुसेलाई ‘आफ्नै रुप्याँ, आफ्नै ध्वाँ’ बनाए केटाहरूले भनेर कानेखुसी गरिरहे । कलकत्ते चाहिँ अरू अरू कुरा भन्दै हँसाउँदै गरिरहे किनकि उनले केटाहरूको चमत्कार सबै देखेकै थिए । छुसे साहुलाई भने यस्ता कुरा पत्तै थिएन भएन । ऊ एक मानेमा सोझो सिधा छक्कापञ्जा नजानेको नगरेको मानिस पनि हो । आफ्नै सुरमा चुरोट औंला पोलुन्जेल तानिरहेकै थियो । यति बेलै मण्डपबाट सूचना आयो ।
‘लहै ल अब पैसा चढाउने बेला भयो सबैजना मन्दिरको दाहिनेतिरबाट मण्डपमा आएर सिधा दिने, पुस्तकमा पैसा चढाउनेले पैसा राख्दै जाँदै गर्नुहोला’ भनेर गणेशले मण्डपबाट सुनाए । तब छुसेले इस्टिकोटको खल्तीमा हात हाले र पैसा झिक्न खोज्दा नोट भेटेन । अर्को पकेटमा छाम्यो खोज्यो सबै पकेटमा र निकाल्यो चुरोट किनेर फिर्ता आएको पैसा । अनि जिल्ल पर्यो र फतफताउँदै छट्पटिएको देखेर कलकत्तेले भने, ‘ए भाइ किन छटपटाइरा’छस् ?’
‘दाइ मेरो यो गोजीमा घरबाट आउँदा दशको नोठ राखेर आएको अहिले खोजीमोरी गर्दा पनि छैन ।’ कुन हुस्सुले झिक्यो होला ? अरे बुद्धु हुस्सु त तैँ होस्, आफ्नो पैसा अर्काको हातबाट लिएर चुरोट किनेर ल्याएर ‘आफ्नै रुप्या, आफ्नै ध्वाँ’ खाइस् अनि त्यति पनि थाहा नपाउने तँ हुस्सु कि ती पैसा झिक्ने हुस्सु ? बुद्धु चुप लाग, ‘गाँठ भि गुमाना बेकुभी भि बनाना’ यही असली बात हो भाइ । अब चुरोट खा चुपलाग जति पैसा छ त्यही चढा घर जा यहाँ बकबास नगर बस् चुप रह ।’
आखिर धनी भए नि छुसे साहुले कसैलाई मारेर होइन ठगेर होइन दसनङ्ग्री घोटेर खाई नखाई सुतीधाती गरेर केही साँचोमुचो गरेर कमाएको न थियो एउटा सोझो किसानले । त्यसैले ऊ ‘धत्तेरीमा हो हगि दाइ’ भन्दै जुरुक्क उठेर सुरुसुरु मण्डपतिर गयो र पुस्तकमा पैसा राखेर कसैसँग नबोली नबोली आफ्नो दुवै हातले इष्टिकोटको गोजीको टुप्पो समातेर घरतिर लागेको देखेर मान्छेहरू हाँस्न थाले । कलकत्तेले भने ‘थुक्क छुसे भुईंको टिप्दा पोल्टाको पोखियो । यही भएर भनेको होला ‘लोभ करेका त क्षोभ मिलेगा” । तेरा धन नलाई नखाई सकिने भयो । तँ सधैँ भुई कङ्गाली हुँदा र मन कङ्गाली बन्दा भाइ यस्तो अरू कोही नि नहोस् ।” अब खाने भो छुसे साहुले ‘आफ्नै रुप्याँ, आफ्नै ध्वाँ ।’ काजी बाबुले सही थाप्दै भने, ‘हो दाइ मन नहुनेको धन नलाई नखाई सकिन्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच