
‘वेदमा जीवन र जगत’ सुप्रसिद्ध बौद्धिक व्यक्तित्व प्राडा.कुलप्रसाद कोइरालाकृत कृति हो । समय समयमा विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका लेखरचनालाई सङ्ग्रह गरेर यो पुस्तक प्रकाशनमा आएको छ । प्रा.कोइराला संस्कृति वाङ्मयका विदान हुनुहुन्छ । त्यस अर्थमा संसारकै पहिलो कृति मानिएको वेदको अध्ययन गरी ती कृतिहरूमा भएको जीवन र जगत सम्बन्धका सन्दर्भहरूको व्याख्या विश्लेषण गरी आफ्नो धारणासमेत प्रस्तुत गरिएका आलेखहरू समेटेर यसलाई पुस्तकाकार गरिएको हो । पुस्तक डिएमआई साइजमा छ । स्वदेश प्रकाशन प्रा.लि प्रकाशक रहेको यस पुस्तकको सर्वाधिकार लेखक स्वयम्मा रहेको छ ।
प्राज्ञिक तथा बौद्धिक व्यक्तित्व प्राडा.कोइरालाले गहन अध्ययन गरेर लेख्नुभएको यी लेखहरूमा वेदको परिचय, आत्माको स्वरूप, भारत वर्षको चिनारी र सिमाना, ज्ञानको नित्यता, प्रजापति, पानीको महत्व, वेद विज्ञान र भौतिक विज्ञानमा भिन्नता, हाम्रो वर्ण व्यवस्था, सूर्य र तिनको रथको गति, श्राद्ध गर्नुपर्ने कारण र निरूपण जस्ता विषय समेटिएका छन् ।
यो प्रथम संस्करण हो । जुन २०८० साल जेठमा छापिएको छ । भूमिका खण्डमा १० र पाठ्यखण्डमा १९० गरी यो पुस्तक २०० पृष्ठको छ । यसका पहेँलो हलुका कागजको प्रयोग भएको छ । यसको मूल्य ४०० रुपैयाँ छ । यसको छपाइ स्तरीय छ र अशुद्धिहरू त्यति भेटिँदैनन् । यसको लेआउट आउटलाइट ग्राफिक्स थापागाउँका हरिविक्रम बिशंखेको रहेको र आवरण सचिन विश्वकर्माको रहेको छ । आवरण आकर्षक छ । शीर्षकसँग सामन्जस्य राख्ने खालको प्राकृतिक वातावरण यसमा देखाइएको छ । माथि आकाश, हिमाल, पहाड, वन र खोलानाला अनि तल बारी र रूखहरू देखाइएको छ ।
त्यहाँ वेदव्यास ऋषिले वेदको लेखन गरिरहेको र समूहमा मृगहरू पनि चरिरहेका छन् । माथि ठूला अक्षरमा पुस्तकको शीर्षक दिइएको छ भने तल लेखकको नाम दिइएको छ । पृष्ठ आवरणमा प्राडा.कोइरालाको फोटोसहितको चिनारी राखिएको छ । जसमा उहाँको संलग्नता भएका संघसंस्थाहरू उहाँद्वारा रचना भएका पुस्तकहरू र उहाँको सम्पादनमा प्रकाशित किताबहरूको नाम उल्लेख गरिएको छ । यही पृष्ठको तल प्रकाशक संस्थाको लोगोसहित नाम उल्लेख गरिएको छ । पुस्तकको भूमिकाखण्डमा तोयाराज नेपालको ‘शुभकामना’, गोपालप्रसाद पराजुलीको ‘भूमिका’ र लेखकको आत्मनिवेदन छ । त्यसपछि विषयसूची छ ।
यस पुस्तकमा वेदसम्बन्धी २७ वटा लेख रचना छन् । वेद, धर्म र अध्यात्ममा गहिरो ज्ञान राख्नुहुने प्राडा.कोइरालाका यी सबै लेखहरू अत्यन्त महत्वका छन् । यसले गर्दा यो पुस्तक समग्रमै पठनीय र सङ्ग्रहणीय रहेको छ । प्राज्ञिक तथा बौद्धिक व्यक्तित्व प्रा.कोइरालाले गहन अध्ययन गरेर लेख्नुभएको यी लेखहरू वेदको परिचय, आत्माको स्वरूप, भारत वर्षको चिनारी र सिमाना, ज्ञानको नित्यता, प्रजापति, पानीको महत्व, वेद विज्ञान र भौतिक विज्ञानमा भिन्नता, हाम्रो वर्ण व्यवस्था, सूर्य र तिनको रथको गति, उन्नति र अवन्नति, पितृसम्बन्धी विचार, सौर्यमास र चन्द्रमासको सम्मिलन प्रेतपितृ विचार, श्राद्ध गर्नुपर्ने कारण र निरुपण जस्ता विषयहरू समेटिएका छन् । यसै गरी मूल तत्वको खोजी, उपनिषदमा विज्ञान, विज्ञान र पञ्चमहाभूत ।
अवतारसम्बन्धी धारणा, श्रीपशुपति या शिवोपासना, शिव र विष्णु, क्रियाकलापहरू चित्तवृत्ति अनुसार हुने जस्ता वैदिक र आध्यात्मिक ज्ञानले युक्त छन् । यो पुस्तक ज्ञानको भण्डारका रूपमा हामी सामु आएको छ । यसका केस्रा–केस्रा छुट्याएर समालोचना यहाँ समभव छैन र सानो सीमित परिधिभित्र रहेर समीक्षामात्र गर्न यहाँ सम्भव भयो । यसको कतै समालोचना पछि गर्ने वाचा गर्दै अहिले यत्तिमै यसलाई टुङ्ग्याइयो । यस पुस्तकका लागि उहाँलाई बधाई छ साथै उहाँबाट यस स्तरका पुस्तकहरू आइरहेकै पनि छन् र अरू पनि आइरहून् भन्ने कामना छ । आगामी पुस्तकहरूका लागि उनी उहाँलाई अग्रिम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच