एजेन्सी । युवा ब्याटर शुभमन गिल भारतीय टेस्ट टोलीको नयाँ कप्तान नियुक्त हुनुभएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले आगामी इंग्ल्याण्ड भ्रमणका लागि टोली घोषणा गर्दा गिलले कप्तानको जिम्मेवारी पाउनुभएको हो
टोलीको उपकप्तानमा ऋषभ पन्त हुनुहुन्छ । त्यस्तै बायाँहाते पेस बलर अर्शदीप सिंह पहिलोपटक टेस्ट टोलीमा समावेश हुनुभएको छ ।
२५ वर्षीय गिल भारतका लागि टेस्टमा कप्तानी गर्ने पाँचौं कान्छा हुनुहुन्छ । यसभन्दा अघि मन्सुर अली खान पटौदी, सचिन तेन्दुलकर, कपिल देव र रवि शास्त्री यो सूचीमा हुनुहुन्छ ।
यसअघि पूर्वकप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि नयाँ कप्तान चयन गरिएको हो । यसै महिना रोहितपछि अर्का स्टार ब्याटर विराट कोहलीले सन्न्यास लिनुभएको थियो । रविचन्द्रन अश्विनले यसअघि नै टेस्ट क्रिकेटबाट सन्न्यास लिनुभएको छ ।
हाल आइपिएलमा गुजरात टाइटन्सको कप्तानी सम्हाल्नुभएका गिलले दोस्रो सिजनमै टिमलाई प्लेअफसम्म पुर्याउनुभएको थियो । यद्यपि, उहाँसँग प्रथम श्रेणी क्रिकेटमा कप्तानीको अनुभव धेरै छैन । भारतको १८ सदस्यीय टोलीमा करुण नायर, शार्दुल ठाकुर र साई सुदर्शन पनि समावेश हुनुहुन्छ । तर, अनुभवी पेस बलर मोहम्मद शामी भने टोलीबाट बाहिर हुनुहुन्छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच