समाचार सारांश
- धादिङको शहिद मेमोरियल अस्पतालले मापदण्ड नपुर्याई ५० शैयाको सेवा प्रवाह गरिरहेको छ ।
- १५ शैयाको स्वीकृति लिएर नविकरण नगरी सेवा विस्तार गरिएको पाइएको छ ।
- अनुगमन टोलीले कागज मात्र हेरेर फर्किए पनि कारबाही हुन सकेको छैन ।
धादिङ । नीजिस्तरबाट धादिङको नीलकण्ठ नगरपालिका-३ स्थित क्याम्पस चोकमा सञ्चालित शहिद मेमोरियल अस्पताल मापदण्डसमेत पुरा नगरी सेवा प्रवाह गरिरहेको पाइएको छ । सरकारी अस्पतालको करिव २० मिटर दुरिमा सञ्चालित शहिद मेमोरियल अस्पतालले सामान्य मापदण्ड समेत पुरा नगरी सेवा प्रवाह गरिरहेको पाइएको हो । १५ शैया क्षमताको स्वीकृति लिएको अस्पतालको एकसाता अघि जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारीको अनुगमन समितिले अनुगमन गरेको थियो । तर अनुगमन समितिले कुनै कार्वाही भने गर्न सकेको छैन ।
शहिद मेमोरियल अस्पतालको अनुगमन गर्न पुगेका जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेसहितको अनुगमन टोली सामान्य कागजपत्र मात्रै हेरेर फर्किएकाे थियाे । यस बिषयमा सहायक प्रमुख जिल्ला अधिकारीलाई नविकरण नभएको र ५० शैयाको अनुमतिविना नै अस्पताल सञ्चालन भइ रहेको छ, कार्वाही हुन्छ कि हुन्न ? भन्ने प्रश्नमा उहाँले औषधिलगायत सामानको डेट छ, छैन हेर्ने, कानुनी प्रकृया र मापदण्डको बारेमा आफुहरु जानकार नभएकाे, सम्बन्धित निकायहरुमा जानकारी गराउने, कार्वाही र अन्य विषयमा आफ्नाे माताहतमा नपर्ने भएकाेले माथिको टोली आउनुपर्ने बताउनुभयाे ।
अनुगमनका क्रममा अस्पतालका प्रबन्ध निर्देशक दिपक रेग्मीले भने ५० शैया क्षमताको लागि प्रक्रियामा रहेकोले नविकरण नभएको बताउनुभएकाे थियो । उहाँकाअनुसार १५ शैया क्षमता भएको तर ५० शैया क्षमता बनाउन लागिएकोले प्रक्रियामा रहेको छ ।
'केही मापदण्डहरु पुरा भएका छैनन्, हामी पुरा गर्दैछौ’ अनुगमन समितिसँग कुराकानीका क्रममा उहाँले भन्नुभयाे । २०६४ सालमा १५ शैयाको अनुमति लिएर सुरु गरेको अस्पतालले अहिले ५० शैया क्षमतासहित विशेषज्ञसहितको सेवा, अत्याधुनिक प्रविधिलगायतका सेवा जोडेर विज्ञापन गरिरहेको छ । अस्पतालले भर्ना गरेर सेवा सुरु नगरेकाले चिकित्सक एक जना पनि नरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…