
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजले स्रष्टा सम्मान, पत्रिका विमोचन र वसन्त काव्य गोष्ठीको साथ आठौं अधिवेशन गरेको छ । समाजका अध्यक्ष कृष्णदेव रिमालको अध्यक्षता एवं वरिष्ठ साहित्यकार प्रमोद प्रधानको प्रमुख आतिथ्यमा प्राधिकरण प्रधान कार्यालय, दरबारमार्ग, काठमाडौं कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा नेपाल विद्युत् प्राधिकरणबाट सेवा निवृत्त भएका साहित्यकारद्वय भगवती प्रसाईं र दीपकप्रसाद दाहाललाई दोसल्ला र नगदराशिसहित ‘अमरज्योति साहित्य सम्मान-२०८२’ समर्पण गरिनुका साथै अमरज्योति साहित्यिक त्रैमासिकको ६६औं अंक (२०८२, जेठ अंक) समेत लोकार्पण गरिएको थियो ।
समाजका सदस्य भोलानाथ शर्माले स्वागत मन्तव्य राखेर सुरु भएको वसन्त काव्य गोष्ठीमा प्रमुख अतिथि प्रधान, विशेष अतिथिहरू विष्णुबहादुर सिंह, पुण्यप्रसाद घिमिरे, रामेश्वर राउत मातृदास, मञ्जुश्री प्रधानलगायतका स्रष्टाले रचना वाचन गर्नुभएको थियो ।
प्रमुख अतिथि प्रधानले सिर्जनशीलता सबै मानवमा रहेको धारणा राख्दै सिर्जनशीलताको प्रस्फुरणले आनन्दानुभूति दिलाउने बताउनुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणले धेरै साहित्यिक प्रतिभा जन्माएको उदाहरण प्रस्तुत गर्दै प्राधिकरणका स्रष्टाहरूको सिर्जनशीलता कार्यालयको घेराबाट बाहिर निस्केर राष्ट्रियस्तरसम्म पुग्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभाध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ले साहित्य समाजका लागि योगदान दिने अग्रजहरूको स्मरण गर्दै भौतिकका साथै भावात्मक बिजुली उत्पादनमा समेत समाज क्रियाशील रहँदै आएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच