
काठमाडौं । मनिकर कार्कीको नयाँ पुस्तक ‘अर्थदृष्टि : अल्पविकासको अर्थ-राजनीति’ बजारमा आएको छ । काठमाडौंमा एक कार्यक्रमबीच पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल, पूर्वमन्त्री तथा नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डे, पूर्वमन्त्री रामकुमारी झाँक्री, वरिष्ठ पत्रकार राजेन्द्र श्रेष्ठ र अनुसन्धानकर्ता डा.कल्पना खनालले संयुक्त रूपमा उक्त पुस्तकको विमोचन गर्नुभएको हो ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले विमोचन समारोहमा बोल्दै यो किताब नेपालको आर्थिक विकासको मार्गचित्र तय गर्न चाहने नीति-निर्माता, अनुसन्धानकर्ता र विद्यार्थीहरूका लागि अमूल्य पाठ्यसामग्री भएको बताउनुभयो । यसले समस्याको जरोसम्म पुगेर समाधानका वैकल्पिक बाटाहरू प्रस्तुत गरेको यहाँको भनाइ थियो ।
अनुसन्धानकर्ता डा.कल्पना खनालले पुस्तकको विश्वव्यापी सान्दर्भिकताबारे प्रकाश पार्नुभयो । पूर्वमन्त्री सुरेन्द्र पाण्डेले किताबमा विकासका संरचनात्मक समस्याहरूलाई विस्तृत र तथ्यपरक ढंगले प्रस्तुत गरिएको बताउनुभयो ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले किताबको ऐतिहासिक र समसामयिक विश्लेषणको प्रशंसा गर्नुभयो । पूर्वमन्त्री रामकुमारी झाँक्रीले अर्थतन्त्र र विकासका विषयलाई गतिशील र अद्यावधिक राख्नुपर्नेमा जोड दिनुभयो ।
इन्डिगो इन्क प्रकाशनगृहद्वारा प्रकाशित यो किताबको मूल्य ६९९ रुपैयाँ तोकिएको छ । यो मनिकर कार्कीको दोस्रो पुस्तक हो । यसअघि उहाँको ‘वैकल्पिक अर्थतन्त्र’ नामक किताब प्रकाशित भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच