सायद यो भनाइप्रति सहमति नजनाउने हुनसक्छ एकपटक निकालेर आफूले आफैंलाई हेरौ त के हामी नेपाली भएर बाचेका छौ ? नेपाली नागरिकता खल्तिमा राख्दैमा राष्ट्रिय परिचय पत्र बनाउँदैमा नेपालमा बसोवास गर्दैमा कोही नेपाली हुँ भनेर गर्व नगरे हुन्छ । नेपाली त्यो हो जसले आफ्नो मातृभूमिलाई माया गर्नसक्छ । जन्म दिने आमा र जन्मभूमि समान हो भन्ने जसले सोच्नसक्छ त्यो मात्र नेपाली हो । नेताले जनतालाई जनता भएर बाच्न कहिले दिने ? जनता स्वतन्त्र कहिले हुने ? जति परिवर्तन आए पनि जनता सधैं दास नै बन्नुपर्ने ? दिनभर काम गरेर बिहान-बेलुकाको छाकटार्न जनता शिर उठाएर हेर्न के सक्थ्यो ।
हिजो पञ्चायतकालमा राजा महाराजाको हुकुमी शासन चल्थ्यो भने अहिले गणतन्त्र आएपछि नेताहरूको हुकुमी शासन चलेको छ, फरक के छ ? हिजो राजमहाराजाले जनतामाथि शासन गरेका थिए जनता दबाएर राखेका थिए, अहिले नेताहरूले जनतामाथि शासन गरेका छन् जनता दबाएका छन् फरक के छ ?
सिमानामा बस्ने नेपालीलाई सोधेर हेर कति छ पीडा । दिनदहाडै आफ्नो भूमि अर्कोले मिचेको छ । जनता बोल्न सक्दैन राज्य मौन छ । आफूले लगाएको बाली अर्काले आएर काट्दाको पीडा कति होला एकपटक मनन् गरौ त । वर्षायाममा बाँध थुनेर आफ्नो जमिन सबै ढुबानमा पार्दिन्छन् हिउँदमा सबै पानी खोलेर सुख्खा बनाइदिन्छन् । अनगिन्ती समस्या झेलेर बसेका छन् सिमानामा बस्ने नेपालीहरू । राजधानीलाई मात्र नेपाल देख्ने नेता र तीनका कार्यकर्ताले देश, जनताको बारेमा कहिले सोच्लान् ? एकपटक निर्वाचनको बेला जनता खोज्ने त्यसपछि जनता रैती सम्झने नेताहरूको चेत कहिले आउला ?
देशमा जब लोकतान्त्रिक गणतन्त्र आयो त्यसपछि झनै विकृति, विसंगति मौलायो । हिजो पञ्चायतकालमा राजा महाराजाको हुकुमी शासन चल्थ्यो भने अहिले गणतन्त्र आएपछि नेताहरूको हुकुमी शासन चलेको छ फरक के ? हिजो राजमहाराजाले जनतामाथि शासन गरेका थिए जनता दबाएर राखेका थिए अहिले नेताहरूले जनतामाथि शासन गरेका छन् जनता दबाएका छन् फरक के छ ? खाने मुख शासन गर्न अनुहार फेरिए जनताको हालत फेरिएन । तन्त्र परिवर्तन भयो जनताको जीवन स्थरमा परिवर्तन भएन । हिजो राजामहाराजाका आसेपासेको रजाई थियो अहिले नेताका आफ्ना मान्छे आसेपासेको रजाई छ फरक के ?
कोही बाहुन, कोही जनजाति, कोही मधेसी, कोही पाहाडी, कोही हिन्दु, कोही मुश्लिम, कोही क्रिश्चियन, कोही मानव अधिकारवादी, कोही नागरिक समाज, कोही एमाले, कोही कांग्रेस, कोही माओवादी, कोही राप्रपा, कोही रास्वपा, कोही मधेसवादी दल, कोही राजावादी देशको जुन सुकै ठाउँमा जाउ नेपाली कोही भेटिँदैन यही हो हाम्रो नेपालीपन ? नेपाल रहे हामी रहन्छौ नेपालै नरहे का“हा जाने ? राजा पृथ्वीनारायण शाह, राजा महेन्द्र नेता बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र मदन भण्डारी मनमोहन अधिकारीबाहेक देशको बारेमा सोच्ने कोही देखिएन हालको परिवेशमा । परिवर्तनको नाउँमा जनतामाथि शासन गर्न देखिएर जनताको हितमा सोच्ने कोही देखिएन । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जाहा“ जाऊ नेपाली भेटिँदैन यो अवस्थाको अन्त्य नभएसम्म देशको मुहार फेरिँदैन ।
सबैलार्ई पद र पावर चाहिएको छ देशको माया कसैमा छैन । राजावादीहरू राजा ल्याउन पाए आफ्नो रजगज चल्थ्यो भन्ने सोचेका छन् भने गणतन्त्रवादीहरू हामीले राज गरिरहेका ठाउँमा राजावादी आए भने हाम्रो रजगज चल्दैन भन्ने सोचमा छन् । जसरी भए पनि जनतामाथि शासन गर्नै परेको छ । नेपालीले नेपाली भएर बाच्न नपाउने अबस्था सिर्जना भएको छ । कुनै जागीर खानपरे नेताको पावर लगाउनुपर्छ कुनै सरकारी कार्यलयमा केही काम लिएर गयो भने नेताकै पावर चाहिन्छ कही प्रहरी केस पर्यो भने नेताकै पावर चाहिने भएको छ, स्वतन्त्र रूपमा निष्पक्ष काम कोही कसैले गर्दैन । सरुवा-बढुवा नियुक्ति सबै नेताकै पावरमा चल्छ । यस्तो अवस्थामा नेपाली भएर को बाँच्न सक्छ, बाँच्नकै लागि भए पनि पार्टीको हुनपर्ने बाध्यता छ ।
खाने मुख शासन गर्न अनुहार फेरिए जनताको हालत कहिलै फेरिएन । तन्त्र परिवर्तन भयो जनताको जीवनस्थरमा परिवर्तन भएन । हिजो राजामहाराजाका आसेपासेको रजाई थियो अहिले नेताका आफ्ना मान्छे आसेपासेको रजाई छ ।
पछिल्लो समय झन् विकृति बढेको छ, पार्टीभित्र गुठको राजनीति मौलाएको छ । स्पष्ट भिजन कसैमा छैन, कुन गुठलाई कति प्रतिशत हिस्सा दिने भन्नेछ । जनताका लागि राजनीति कसैले गरेनन् आफू र आफन्तका लागि गरे । आज राजनीतिलाई सेवा प्रदाय होइन नाफामूल व्यवसाय बनाए । निरीह जनता शिर उठाएर बोल्न सक्दैन, मेरो फलानो रिसाउँछ भनेर मनभरी पीडासहेर भोट हाल्न जान्छ । भोट हाल्छ जिताउँछ त्यही भोट हालेर जिताएको नेताले चिन्दैन । राजनीति लाजनीति भएको छ विश्व समुदायको अगाडि लाज मर्दो छ । भ्रष्टचारीको सूचीमा विश्वमा पहिलो नम्बरमा पर्दा पनि नेताहरूमा चेत आउँदैन ।
नेपालीलाई नेपाली भएर बाच्न देऊ तिम्रा दास बनाएर कहिलेसम्म राख्छौ ? अहिलेको परिवेशमा कुनै विदेशीले आएर ‘हुआर यु’ भन्यो भने म नेपाली हुँ भनेर जवाफ कसैले दिँदैनन् । हिजो गाउँघरमा बास पाइन्थ्यो, गाँस पाइन्थ्यो अहिले न बास पाइन्छ न त गा“स कस्तो परिवर्तन आएछ भाइ-भाइबीच मतभेद एक नेपालीले अर्का नेपालीलाई नचिन्ने । विदेशमा बस्ने नेपालीले गर्वका साथ म नेपाली हुँ भन्ला तर नेपालमै बस्ने नेपालीले म नेपाली हुँ भनेर भन्न सक्दैन । नेपालको झण्डा होइन पार्टीको झण्डा बोक्नमा आफूलाई महान् सम्झन्छन् । नेताको प्रवक्ता बन्छ, सत्य के हो झुट के हो बोल्न सक्दैन । निरीह जनतामाथि राज गरेर आफूलाई महान् सम्झन्छ ।
विदेशमा बस्ने नेपालीले पठाएको रेमिट्न्सले देश चलाउनु परेको छ, देशमा कुनै उद्योगधन्दा कलकारखाना छैनन् रोजागरका लागि विदेश जान बाध्य छन् । म्यानपावर कम्पनीले नेपालीलाई लगेर विदेशमा बेचिरहेका छन् यसप्रति सरोकार निकाएको नियन्त्रण छैन् । म यसो गर्छु उसो गर्छु भनेर मिडिया बाजी गर्छन् गर्नबेलामा माखो मार्दैनन् । राजाले देश बनाउन बाधा भए भनेका थिए राजा गएको दुई दशक हुनलाग्दा खोई त नेताले विकास गरेको ? एउटा पुल बनाउन तोकेको रकमभन्दा डबल खर्च लाग्छ त्यो पनि राम्रो बन्दैन, यही हो नेताले गरेको विकास ? जबसम्म नेपाली भएर जनता बाँच्दैनन् तबसम्म यस्तै हो हालत । देश बनाउ विदेशी आउने होइन, यही देशका नजताले बनाउने हो जनता जागरुक बन्नु पर्यो नेतालाई खबरदारी गर्नु पर्यो । नेपाली नेपाली भएर बाच्न पर्यो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि