समाचार सारांश
-
उपमेयर सुनिता डंगोलसहित ४१ कार्यपालिका सदस्यले ७ दिनभित्र कार्यपालिका बैठक बोलाउन मेयर बालेन शाहलाई लिखित माग गरेका छन्।
-
कार्यपालिका बैठक गत पुस महिनादेखि नबसेको र स्थानीय सरकार सञ्चालन ऐन अनुसार मासिक बैठक बस्नुपर्ने प्रावधान विपरीत भएको जनाइएको छ।
-
बैठक नबसेका कारण आगामी आर्थिक वर्षको बजेट अनिश्चित बनेको भन्दै मेयरको अनुपस्थिति र सम्पर्कविहीन व्यवहारप्रति जनप्रतिनिधिहरूले गुनासो गरेका छन्।
काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयरसहित ३९ जना कार्यपालिका सदस्यले मेयर बालेन्द्र (बालेन) शाहलाई ७ दिनभित्र कार्यपालिका बैठक बोलाउन माग गरेका छन् ।
सोमबार उपमेयर सुनिता डंगोलसहित कार्यपालिकाका ४१ जना सदस्यहरूले ७ दिनभित्र बैठक राख्न माग गर्दै मेयर शाहलाई पत्र लेख्नुभएको हो ।
महानगरपालिकाको कार्यपालिका बैठक गत पुस महिनायता बस्न सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था छ ।
कार्यपालिका सदस्यहरूले मेयर शाहले बैठक नबोलाउँदा आगामी आर्थिक वर्षको बजेट ल्याउने विषयमा समेत अनिश्चितता बढेको बताएका छन् ।
साथै, जनप्रतिनिधि र जनताले मेयरलाई भेट्न खोज्दा सम्पर्कमा नआउने र सामाजिक सञ्जालको स्टाटसमार्फत मात्र मेयरको गतिविधिबारे जानकारी पाइने गुनासो गरेका छन् ।









समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर