नयाँदिल्ली । इण्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई ठूलो अन्तरले हराएको छ । दिल्लीको अरुण जेटली स्टेडियममा हैदराबादले कोलकातालाई ११० रनको विशाल अन्तरले हराएको हो । पहिले ब्याटिङ गर्दै हैदराबादले तीन विकेटको क्षतिमा २७८ रनको विशाल योगफल तयार पारेको थियो । तर, जवाफमा कोलकाता १६८ रनमात्र बनाएर अलआउट भयो ।
रनको हिसाबले यो सनराइजर्स हैदराबादको दोस्रो ठूलो जित हो । आरसिबीविरुद्ध हैदराबादको सबैभन्दा ठूलो जित २०१९ मा आएको थियो, जब उनीहरूले बैंगलुरुलाई ११८ रनले पराजित गरेका थिए । आइपिएल इतिहासमा रनको हिसाबले केकेआरको यो सबैभन्दा ठूलो हार हो । आइपिएलको शीर्ष चारमा सबैभन्दा ठूलो योगफल एसआरएचको नाममा छ ।
सनराइजर्स हैदराबादले केकेआरविरुद्ध एक इनिङमा १९ छक्का प्रहार गरेको थियो । एसआरएचले एक इनिङमा प्रहार गरेको १९ छक्का दोस्रो सर्वाधिक हो, जुन गत वर्ष डिसी र आरसिबीविरुद्ध दुई छुट्टाछुट्टै अवसरमा प्रहार गरेको २२ छक्का पछि हो । हेनरिक क्लासेनले केकेआरविरुद्ध मात्र ३७ बलमा शतक प्रहार गर्नुभयो । यो आइपिएलमा हैदराबादका लागि सबैभन्दा छिटो शतक थियो । यसबाहेक यो आइपिएलमा संयुक्त रूपमा तेस्रो सबैभन्दा छिटो शतक थियो ।
निर्णय लिन चार-पाँच महिना बाँकी छ : धोनी
इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा चेन्नई सुपर किंग्सले अंकतालिकाको पुछारमा रहँदै सिजन सकेको छ । अन्तिम स्थानमा रहे पनि महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई सुपर किंग्सले सिजन जितका साथ अन्त्य गर्दै सन्तुष्टि पाएको छ । चेन्नईले शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सलाई ८३ रनले पराजित गर्दै प्लेअफ सुरु हुनुअघि शीर्ष स्थानमा रहने गुजरातको आशामा धक्का लागेको छ । डेभाल्ड ब्रेभिस र डेभन कोनवेको अर्धशतकको मद्दतले २३० रन बनाएर चेन्नईले गुजरातका लागि समस्या सिर्जना गर्यो । त्यसपछि चेन्नईको उत्कृष्ट बलिङका कारण गुजरातको इनिङ १४७ रनमा रोकियो । यसैबीच पछिल्ला केही सिजनमा महेन्द्र सिंह धोनीले खेलेको सिजन उहाँको अन्तिम आइपिएल मानिन्थ्यो र यो सिजन पनि फरक थिएन ।
खेलपछि धोनीले भन्नुभयो, ‘म न त मेरो सन्न्यासको घोषणा गर्नेछु न त फर्कने बारेमा कुरा गर्नेछु ।’ उहाँले निर्णय लिन आफूलाई अझै चार–पाँच महिना बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्णय लिन हतार छैन । यदि खेलाडीले प्रदर्शनका आधारमा अवकाश लिन थाले भने केही खेलाडीहरू २२ वर्षको उमेरमा नै अवकाश लिनेछन् ।’
धोनीले आफू राँची गएर साइकल चलाउँदै आनन्द लिने बताउनुभयो । आफूसँग समय रहेकाले सोचेर निर्णय लिने उहाँको भनाइ थियो । धोनीले यस खेलमा आफ्नो टोलीको प्रदर्शनलाई उत्तम पनि भन्नुभएको छ । ‘यस सिजन हाम्रो फिल्डिङ राम्रो भएको छैन । तर, यस खेलमा क्याचिङ राम्रो थियो । अब ऋतुराज फर्किएपछि धेरै कुराको चिन्ता लिनुपर्दैन,’ उहाँले भन्नुभयो । यो सिजनमा चेन्नईले फ्यानहरूको अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन । एजेन्सी ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर