काठमाडौं । सौर्य सिमेन्टको आर्थिक सहयोगमा उदयपुर जिल्लाको कटारी नगरपालिका-७ मर्जेतपुरस्थित सरस्वती आधारभूत विद्यालय र कटारी नगरपालिका, आहालेस्थित प्राथमिक स्वास्थ्य केन्द्र भवन उद्घाटन सम्पन्न भएको छ । विद्यालय भवन उद्घाटन कार्यक्रममा कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सशक्त बनाउने सौर्य सिमेन्टको प्रयासको सराहना गर्नुभयो ।
उहाँले सौर्य सिमेन्टको सामाजिक उत्तरदायित्वले विद्यालयको संरचना बनेको भन्दै अब संरचना जस्तै शैक्षिक गुणस्तर सुधार्न आवश्यक रहेको बताउनुभयो । वडाध्यक्ष तथा नगरपालिकाको सामाजिक विकास समिति संयोजक सुविन ढुंगानाले विद्यालय र सामुदायिक विकासमा सहयोग गरेकोमा धन्यवाद दिँदै खानी क्षेत्रनजिकको नदी उचाइ र सम्भावित जोखिमप्रति पनि सौर्य सिमेन्टलाई सचेत रहन आग्रह गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक जयबहादुर तामाङले कम्पनीले २०५६ सालदेखि विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै विद्यालय परिवारतर्फबाट सम्मान गर्नुभएको थियो । सौर्य सिमेन्टद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको उक्त योगदानले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…