टोरन्टो । लामो समयदेखि शैक्षिक तथा अध्यागमनसम्बन्धी परामर्श दिँदै आएको एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेजले क्यानडामा आफ्नो कार्यालय खोलेको छ । टोरन्टोको मुख्य शहरी भागमा अवस्थित कार्यालयको एक समारोहबीच एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशक बद्री अर्यालले उद्घाटन गर्नुभयो ।
उहाँले क्यानडा अध्ययन गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भरपर्दो सूचना तथा अध्यागमनसम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले टोरन्टोमा कार्यालय खोलेको जनाउनुभयो । उहाँले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना वातावरण संसारमै चुनौतीपूर्ण बन्दै गए पनि विद्यार्थीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने विषयमा आफ्नो कम्पनीले कुनै सम्झौता नगर्ने बताउनुभयो ।
उक्त अवसरमा एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेजका ग्लोबल ग्रुप म्यानेजर मन्जीत (म्यानी) घिमिरेले क्यानडामा एक्सपर्ट एडुकेशनको ८९औं शाखा खोल्न पाउँदा आफूहरू अत्यन्तै गौरवान्वित भएको बताउनुभयो । २१ वर्ष पहिले अष्ट्रेलियामा स्थापित उक्त कम्पनीका अहिले २५ मुलुकमा कार्यालय रहेका छन् । कार्यक्रममा क्यानडास्थित विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू तथा टोरन्टोस्थित नेपाली समुदायका अगुवाहरूको पनि उपस्थिति थियो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं