पाल्पा । पाल्पामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरी ओसारपसार गर्ने दुई वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले यहाँको तिनाउ गाउँपालिका–२ दोभानस्थित तिनाउ खोलाबाट अवैध रूपमा ढुङ्गा र बालुवा लोड गर्दै गरेको अवस्थामा लु ४ त ३६६० र लु ३ त ९४३९ नम्बरका ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार नियन्त्रणमा लिइएका ट्याक्टरहरूलाई आवश्यक कारवाहीका लागि तिनाउ गाउँपालिकामा बुझाइएको छ । नियन्त्रणमा लिएका गाडीहरुलाई कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ ।
पछिल्ला केही दिन यता जिल्लामा अवैध नदी तथा खोला उत्खनन् भइरहेका छन् । विशेष गरी जिल्लाको रामपुर, निस्दी, तिनाउ लगायतका स्थानीय तहका खोलाहरुबाट अवैध रुपमा गिट्टी–बालुवा चोरी निकासी हुँदै आएको छ । तर सम्बन्धित निकायबाट यसको निगरानी हुन नसक्दा चोरी निकासी रोकिन सकेको छैन् । स्थानीय सरकारको स्वीकृतिविना यहाँका खोलाहरुबाट अत्यधिक नदीजन्य पदार्थ दोहन भइरहेको छ । ढुङ्गा निकासी भइरहेको थाहा पाएपछि प्रहरीले भने केही दिन यता निगरानी बढाएको छ ।
यस्तै प्रहरीले जथाभावी ढुङ्गा र बालुवा लोड गरेर हिड्ने टिपर चालकलाई सचेत गराएको छ । प्रहरी चौकी दोभानबाट खटिएको ट्राफिक प्रहरीसहितको टोलीले सिद्धार्थ राजमार्गमा चल्ने टिपरका चालक तथा सहचालकहरूलाई भेला गरी सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
प्रहरीले ओभरलोड नगर्न, तीव्र गतिमा गाडी नचलाउन, नम्बर प्लेट दुरुस्त राख्न र लोड गरिएको सामग्रीमा त्रिपालको प्रयोग गर्न चालक, सहचालकलाई आग्रह गरेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच