कालीकोट । कालीकोटमा कर्णाली प्रदेशस्तरीय खुला दोस्रो बी लेभल पुरुष कप ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ । जिल्ला ब्याडमिन्टन संघ कालीकोटको आयोजनामा प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको हो ।
जिल्ला सदरमुकाम मान्मको मिनी कभर्डहलमा जेठ २७ गतेदेखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने संघका अध्यक्ष वीरेन्द्रबहादुर शाहीले जानकारी गराउनुभयो । प्रतियोगितामा प्रथम विजेताले नगद ५५ हजार ५५५ र उपविजेताले ३० हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
फाइनलसम्म पुग्ने खेलाडीलाई १५ हजार ५५५ रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ । यस्तै, सो ब्याडमिन्टन प्रतियोगितामा भेट्रानतर्फका प्रथम हुने विजेतालाई २० हजार ५५५, द्वितीयलाई १० हजार ५५५ र तृतीयलाई पाँच हजार ५५५ रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको संघका सचिव विनोद शाहीले जानकारी गराउनुभयो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच