काठमाडौं । ‘उत्तम शान्ति पुरस्कार’ नियात्राकृति ‘अक्षत अन्टार्कटिका’ सर्जक जीवा लामिछानेलाई प्रदान गरिएको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा प्राडा.वासुदेव त्रिपाठीले नियात्राकार लामिछानेलाई गैरआख्यान कृतिलाई मात्र प्रदान गरिने ‘उत्तम शान्ति पुरस्कार’ प्रदान गर्नुभएको हो । पुरस्कारका साथ नगद एक लाख एक रुपैयाँसमेत प्रदान गरिएको थियो ।
प्राडा.त्रिपाठीले लामिछानेलाई बधाई दिँदै उत्तम कुँवरसँगको आफ्नो सम्बन्धबारे चर्चा गर्नुभएको थियो । नियात्राकार लामिछानेले यो पुरस्कारले आफूलाई जिम्मेवारी थपेको महसुस भएको बताउनुभयो । उहाँले ‘अक्षत अन्टार्कटिका’ लेखनको रचनागर्भबारे चर्चा गर्नुभएको थियोे ।
समालोचक तथा साहित्यकार प्राडा.ज्ञानु पाण्डेले पुरस्कृत कृतिको चर्चा गर्नुभएको थियो । पुस्तकमा नियात्राकार लामिछानेको कवि हृदय छचल्किएको उहाँको जिकिर थियो । कार्यक्रममा डा.पार्थिवेश्वरप्रसाद तिमिल्सिना, पदवती सिंह, नयनराज पाण्डेले कृति, कृतिकार र गुठीका बारेमा आ–आफ्ना भनाइ राख्नुभएको थियो । लामिछानेको ‘अक्षत अन्टार्कटि’का फाइनप्रिन्टले बजारमा ल्याएको हो ।







अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक
सरकारी प्रक्रियामै अल्झियो काभ्रेका बाढीपीडितको