काठमाडौं । ‘प्रतीक ढकाल नियात्रा सौरभ’ २०८२ दार्जिलिङका नियात्राकार सलोन कार्थकलाई प्रदान गरिएको छ । जयन्ता-पवित्रा ढकाल स्मृति कोषद्वारा स्थापित यो पुरस्कार पर्वतीय साहित्य समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि अग्रज नियात्राकार घनश्याम राजकर्णिकारलगायतले कार्थकलाई प्रदान गर्नुभएको हो ।
पुरस्कारका साथ नगद राशि ५५ हजार रुपैयाँसमेत प्रदान गरिएको थियो । कार्यक्रममा ‘प्रतीक ढकाल कीर्तिमानी यायावर पुरस्कार’ नगद राशि ५१ हजारसहित प्रदीप खनाललाई प्रदान गरिएको थियो । पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि राजकर्णिकारले प्रतीक ढकालले नेपाली नियात्रा विधालाई अगाडि बढाउन गरिआएको कामको प्रशंसा गर्नुभयो । पुरस्कृत सर्जक कार्थकले आफ्नो लेखन यात्राबारे बताउँदै एक समय दार्जिलिङमा नियात्रा लेखन दुर्लभ रहेको भन्दै नेपालबाट लेखिएका नियात्रा कृतिहरू पढ्दै गएपछि आफू नियात्रा लेखनतर्फ आकर्षित भएको सुनाउनुभयो ।
कार्यक्रममा प्रतीक ढकालले पुरस्कारबारे चर्चा गर्दै सलोन कार्थकलाई आफूले व्यक्तिगत रूपमा नचिने पनि पुरस्कारका लागि योग्य ठानेरै उहाँलाई पुरस्कृत गरिएको जानकारी गराउनुभयो । सो अवसरमा प्राडा.सावित्री कक्षपती, मोहन चापागाईं, प्राडा.खगेन्द्रप्रसाद लुइँटेल, प्रदीप खनाललगायतले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।







टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी
तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त
राशिफल २३ साउन, मेष :