काठमाडौं । शारदा मासिकको ‘मोहन सिटौला : व्यष्टि र समष्टि’ विशेष लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघको आयोजनमा काठमाडौंमा एक विशेष कार्यक्रमबीच उक्त विशेष अंकको लोकापर्ण गरिएको हो ।
साहित्यिक पत्रकार संघको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेती र मञ्चासिन अतिथिले उक्त अंकको लोकार्पण गर्नुभएको थियो । साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोकार्पित कृतिबारे साहित्यकारहरू प्रा.हेमनाथ पौडेल र प्राडा.देवी नेपालले समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पूर्वकुलपति उप्रेतीले सर्जक मोहन सिटौलाको योगदानको चर्चा गर्दै सिटौला बहुआयामिक व्यक्ति भएको चर्चा गर्नुभएको थियो । अध्यक्ष लेकालीले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै पुस्तक प्रकाशन र सर्जक सिटौलाले साहित्य सिर्जना, अनुवाद र सस्थागत योगदानको चर्चा गर्नुभएको थियो । उहाँले सिटौलाको काव्यमा नविनता, कलात्मकता, मानवीय समवेदना, डायस्पोरिक चेतना, स्थानीयता, स्वतन्त्रता आदि रहेको बताउनुभयो ।
कार्यक्रममा अष्टिन, अमेरिकामा रहनुभएका सिटौलाले अनलाइनबाटै आफ्नो मन्तव्य राख्दै आभार प्रकट गर्नुभएको थियो । शारदा मासिक’का सम्पादक विमल भौकाजीलाई मायाको चिनोसहित सम्मान गरिएको उक्त कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश मोहनप्रकाश सिटौला, वरिष्ठ इतिहासविद् प्राडा.सुरेन्द्र केसी, वरिष्ठ साहित्यकार डा.गार्गी शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव जगतप्रसाद उपाध्याय, बागमती कलेजका प्रिन्सिपल प्राडा.सुरेन्द्र सिटौला, सिटौला समाजका पूर्वसभापति खगेन्द्रराज सिटौला, कपिल सिटौलालगायतले आ–आफ्नो भनाइ राख्नुभएको थियो ।
साहित्यकार भगवती बस्नेतको सहजीकरणमा भएको कार्यक्रममा प्रमुख अतिथि उप्रेती र समीक्षकहरू प्रा.हेमनाथ पौडेल र प्राडा.देवी नेपाललाई चलचित्र विकास बोडका अध्यक्ष दिनेश डीसीलाई मायाको चिनो अर्पण गरिएको थियो ।







प्राध्यापक अम्वीर पाण्डेको निधन
फिफा अध्यक्षमाथि अर्को दबाब
पाँच हजार म्याचको ऐतिहासिक माइलस्टोन
एसियाडमा करातेबाट पदकको आशा
क्यापिटल क्वीन नेपाल-२०२६ को उपाधि
ब्रोड पिकका दिवंगत आरोहीको सम्झनामा