काठमाडौं । पछिल्लो समयका व्यस्त र भिडियो निर्देशक दिपेश एसकेको लेखन, निर्देशन र अभिनयमा रहेको आधुनिक गीत ‘तिम्रा लागि रुने मन’ श्रोता/दर्शकमाझ आउने तयारीमा छ । प्रमोद खरेलको स्वर रहेको गीतलाई आधुनिक शैलीमा तयार पारिएको छ, जसले युवा पुस्ताको मन जित्ने विश्वास लिएको दिपेश बताउनुहुन्छ ।
उत्तम रावतको शब्द रचना र संगीत रहेको गीतमा झलक संगीतमको एरेन्ज एवं मिक्सिङ छ । गीतको सम्पूर्ण ध्वनि सम्पादन आलाप रेकर्डिङ स्टुडियोमा गरिएको हो ।
भिडियोमा दीपेशसँगै किरण साङबो र सविना लो तामाङको अभिनय छ । टेकेन्द्र साहको दृश्य सम्पादन तथा कलर ग्रेडिङ भिडियोमा छ । यस गीतले प्रेम, विछोड र भावनात्मक अवस्थालाई चित्रण गर्ने प्रयास गरेको छ, जसले धेरै दर्शकको मन छुने विश्वास लिइएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर