समाज विकासको नैसर्गिक तथा निरन्तर क्रमिक विकासको क्रम हुन्छ । कुनै पनि देश र समाजको भौतिक विकास जादुको छडी झैँ रातारात हुँदैन । बरू अभौतिक वा आत्मिक विकास भने शीघ्र गतिमा भएको विगतबाट थाहा पाइन्छ । वैदिक सनातन, किरात, मुन्धुम र त्रिपिटक जस्ता महानतम ग्रन्थहरूमा त्यति बेलाका पुर्खाहरूमा उच्च, उदात्त, सभ्य र भव्य चेत र चिन्तन पाइन्छ । उतिबेला कुनै पनि मानवलाई जन्म जात श्रेष्ठ र महान् मानिँदो रहेछ तर अहिले त डा.जगमान गुरुङलगायत एक दर्जन व्यक्ति समाजलाई उल्टो चक्रमा घुमाउन उद्यत् देख्दा भारी सरम हुन्छ । गणतन्त्र भनेको हरेक विकृति विसंगतिविरुद्ध प्रतिवाद तथा प्रतिकार गर्ने क्षमताको शासन व्यवस्था हो ।
ढिलो वा चाँडो हर भ्रष्ट तथा अपराधीलाई कालकोठरीमा हाल्ने विधि-विधान र पद्धति भएको व्यवस्था गणतन्त्र हो । यसैले गर्दा भारत लगायत अनेक देशका मन्त्री र पूर्वप्रधानमन्त्रीहरू जेल परे । नेपालमा पनि अनेक नेता जेल भोग्नेमा छन् । सामान्य नागरिक र जनता भएर पनि बस्न र बाँच्न नदिने राजतन्त्रसित गणतन्त्रको तुलना नै गर्न मिल्दैन । नेकपा एमालेले सेल्टर नामको हालै प्रकाशित कृतिमा राजतन्त्रकालमा गरेका निर्मम दमन र अतिशय अत्याचारबारे खुलस्त गरेको देखिन्छ तर पनि रैतान हुन आतुर पछौटे चिन्तकहरू समाज विकासको क्रमलाई उल्ट्याउने दुस्साहस गरिरहेका छन् ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई भजाएर उनका सन्ततिलाई डा.गुरुङले काँधमा बोकेको पटक्कै सुहाएन । एमालेले र संयुक्त सरकार र प्रधानमन्त्रीले यस प्रतिगामी कदमलाई निस्तेज पार्नै पर्छ । देश र जनताको हितका सबालमा राजतन्त्र काल र गणतन्त्र कालको तुलना गर्दा हरेक क्षेत्रमा आकाश जमिनको फरक स्पष्ट हुन्छ ।
विज्ञजनलाई गणतन्त्र कालमा भएका भएका सकार र नकार सबै थाहा छ तर देशका प्रमुख पार्टी र संयुक्त सरकार र सरकार सम्बद्ध अधिकांश नेताहरू सकारलाई राम्ररी प्रवाह गर्न सकिरहेको देखिँदैन । चामलसमेत बेच्न नसक्ने अवस्थाले पनि सकारहरू आम जनसमक्ष प्रवाह हुन नसकेको अवस्था देखिन्छ । त्यसैले आमरूपमा र सतही रूपमा अहिले निराशा देखिएको हो ।
यो लेखक आफैं पनि यसकालखण्डका अनेकन विकृति देखेर चिन्तित नै रहेको छ तर पनि समाज विकासको एउटा महत्वपूर्ण चरणलाई सुधार्ने सच्याउने काममा जेहाद छोडेर लाग्न छाडेर नाकै काट्न उद्यत् हुन सक्तैन । समस्या समाधान गर्नुभन्दा समस्या थपेर देशलाई चरम अस्थिरताको दलदलमा पुर्याउने काम किमार्थ जाती मान्न सकिँदैन । जन्मजात राजा काजी मान्ने राजतन्त्रभन्दा योग्यता, क्षमता र क्रियाशीलताका आधारमा श्रेष्ठ मान्ने र ठान्ने गणतान्त्रिक प्रणाली धेरै मानेमा उत्तम व्यवस्था हो ।
नेपालमा सामन्तवादको सांस्कृतिक प्रेतलाई समयमै नपन्छाएकाले अहिले त्यसले तर्साइरहेको छ । जननेता मदन भण्डारीले सबै खालका अन्धविश्वास र रुढीवादविरुद्ध सुधार आन्दोलन गरेर भूतप्रेत पन्छाउने कुरा सुझाउनुभएको थियो । यसलाई हामीले अझै नबुझ्दा यसले समस्या सिर्जना गरेको हो । प्रधानमन्त्री ओलीले विवेकबिनाको बुद्धि काम लाग्दैन भने झैँ समाजमा विद्वान् कहलिएका एकाध व्यक्ति आफ्नो विवेकलाई खोपामा राखेर सडकमा तमासा देखाइरहेका छन् । उनीहरू स्वतन्त्र स्वाधीन नेपाली नागरिक हुनुभन्दा रैतान हुन आतुर र व्यग्र देखिन्छन् । कर्मका आधारमा श्रेष्ठ र पूजनीय मानेका व्यास, विदुर र विश्वकर्मा आदि उदाहरण देखी-देखी पनि उल्टा गति र गीत गाएको देख्दा देख्नेलाई नै लाज भएको छ । एकाध नाम कहलिएका बुद्धिजीवी पुर्खाहरूले निर्माण गरेको सभ्य र भव्य पद्धतिलाई भत्काउन आतुर छन् ।
तिनले त नेपाली आमाको कोखलाई तिरष्कार गरे झैँ गरिरहेका छन् र हिमानीको कोखको दिउँसै बाह्र बखान गरिरहेका छन् । चरम अन्धविश्वासको गर्तमा नेपाली समाजलाई हाल्न डा.जगमान गुरुङले अगुवाइ गरेको देख्दा लाज नै लजाएको छ । गुरुङमा कतिपय विषयगत विद्वत्ता भएर पनि त्यसलाई ढपक्कै ढाक्ने गरी चरम अन्धविश्वास र रुढीवाद उहाँमा भरिएको रहेछ । उहाँले छोरीका घर गएकी आमाले कुलपूजाका लागि सेलरोटी पकाए बापत गाईभैँसी मरेको सगर्व बताउनुभयो । हुन त जीवनको आठ दशकसम्म पछौटे पाराको हजार बारको प्रशिक्षणका कारण उहाँको मन र मस्तिष्क तदनुसार रुढीग्रस्त हुनु अचम्म नहोला ।
कार्लमक्र्सले पनि परिवर्तीत समाजमा पनि मानिसको दिल र दिमागमा पुरानै शासक, शासन सत्ता र शासन पद्धतिको विचार संस्कार र संस्कृति हाबी हुन्छ भन्नुभएको थियो । यस खालका अवशेष लोकतन्त्रवादी, कम्युनिष्ट र प्रगतिशील मानिएका उपल्ला तहका नेताहरूमा देखिन्छ । जीवन जगत्का विषयमा उहिलेदेखि पश्चगामी र अग्रगामी चिन्तनको द्वन्द्व रहेको अध्ययनबाट अवगत हुन्छ र यस द्वन्द्वमा पश्चगमन धुलोपिठो भएको पनि विज्ञ जनलाई थाहै छ । तथापि सामन्तवादी भूत-प्रेतमा बानी परेका एकाध विज्ञ भनिनेहरू आजका दिनमा पनि चन्द्रमालाई देवता नै मानिरहेका छन् तर जीवन जगत्का सत्यतथ्य उजागर गर्ने भविष्यद्रष्टा ब्रुनो, ग्यालिलियो र चार्बाकहरू युगका मार्गदर्शकका रूपमा सुपरिचित छन् ।
आफूले जन्माएका सन्तानलाई भगवान्को कृपाले जन्मिएका भन्नेहरू पश्चगमनकारी हुन् । फलानो धर्म, व्रत र आराधना गरे योग्य पति, पत्नी र उच्च शैक्षिक योग्यता प्राप्त गर्न सकिन्छ भन्नेहरू आफ्नो परिश्रम र पसिनामा किञ्चित गौरव गर्दैनन् । यो संसार यो भौतिक जगत् र चराचर जगत् अद्वितीय अलौकिक ईश्वरकै वरदान हो भन्नेहरू पछौटे चिन्तनका उपज हुन् । सदियौंदेखि राजा महाराजालाई देवताको अवतार भनेर हजार बार व्याख्या गर्दा त्यसबाट प्रभावितहरू भ्रमबस आफूलाई रैती हुन गौरव गर्छन् तर देवताकै बारेमा हाम्रा पुर्खाहरूले जे सही अर्थ र व्याख्या गरेका थिए ।
इतिहास पुराण र धार्मिक पौराणिक ग्रन्थहरूमा भाग्यवाद मात्र छैन कर्मवाद र श्रममैत्रीका अनेक सूक्ति र उक्तिहरू छन् तर तिनलाई ओझेल पारियो । सामन्तवादले राज्यशक्ति र संयन्त्रमार्फत् अहोरात्र अन्धविश्वास, पुर्पुरोवाद तथा रुढीवाद मात्र पढाएर आमजनतालाई आफ्नो सत्ता शक्तिको दास बनाएको हो ।
त्यसको उल्टो अपव्याख्या भएछ । संस्कृतमा दा र नेपालीमा दि धातुबाट निर्मित देवता शब्दको मूल र सही अर्थलाई आधार बनाएर पुर्खाले सर्वस्व दिनेलाई देवता भनेका रहेछन् । यसरी सर्वस्व प्रदान गर्ने वायु, अग्नि, सूर्य, जल, अन्न फलफूलादि वनस्पतिलाई देवता भनिएको हो । यस्तै गरी बुद्धलगायत जीवन जगत्लाई सर्वस्व प्रदान गर्ने मानवहरूलाई देवता भनिएको हो । धर्म संस्कृति र संस्कारसम्बन्धी प्राचीन ग्रन्थहरूमा अनेक जीवनोपयोगी पक्षहरू अझै पनि उजागर गरिएको छैन । यस्तै पारा रहिरहे सामन्तवादी सांस्कृतिक अवशेषले दुःख दिइरहने देखिन्छ । जननेता मदन भण्डारीले जबजमा धार्मिक सांस्कृतिक रूपान्तरणमा बारबार जोड दिनुभएको छ तर यस्ता गम्भीरतम विषयमा शून्य चेतले गर्दा डा.जगमान गुरुङको अगुवाइमा जग हँसाउने कृत्य प्रभावी हुन खोज्दैछ ।
इतिहास पुराण र धार्मिक पौराणिक ग्रन्थहरूमा भाग्यवाद मात्र छैन कर्मवाद र श्रममैत्रीका अनेक सूक्ति र उक्तिहरू छन् तर तिनलाई ओझेल पारियो । सामन्तवादले राज्यशक्ति र संयन्त्रमार्फत् अहोरात्र अन्धविश्वास, पुर्पुरोवाद तथा रुढीवाद मात्र पढाएर आमजनतालाई आफ्नो सत्ता शक्तिको दास बनाएको हो । क्रूर र कठोर हस्तक्षेपभन्दा उपयुक्त तरिकाले कलात्मक तर उल्टा प्रशिक्षण गरेर आफ्नो संस्कृतिलाई जनमनमा जब्बर बनायो । यसैले कार्लमाक्र्सले क्याथोलिक भन्दा प्रोटेस्टियन धर्मलाई तुलनात्मक सकारात्मक ठहर गर्नुभएको थियो । यस सन्दर्भमा माक्र्सले आर्थिक भौतिकलगायत तमाम विकास निर्माणका विषयमा भगवान्को भर पर्नु, लट्ठ पर्नु अफिम खाए सरह हुन्छ भन्नुभएको हो । यति कुरा अझै नबुझ्दा हामी प्रगतिशील भनिनेहरू सप्तकोशीमा पैसा चढाउँछौं अनि बिरालोले बाटो काट्यो भनेर निधारबाट पसिना काड्छौं । तर सामन्ती अवशेषहरूलाई धुलो चटाउने र प्रतिगामी तत्वलाई निमेषमा समाप्त पार्ने हो भने तमाम मोर्चा संगठनहरूले चोटिलो हास्य व्यंयात्मक गीत, कविता, साहित्य सभा, सांस्कृतिक अभियान तथा बौद्धिक सभा व्याप्त गर्नु आवश्यक छ ।
स्वयं नवराज सुवेदीले ज्ञानेन्द्रको पोल आफ्नो किताबमा खोलेकै छन् । पूर्वसेनापति रुक्माङ्गद कटुवालले बारबार र हजारबार अनुनय विनय र बिन्ती बिसाउँदा पनि पटक्क नमान्ने ज्ञानेन्द्र आफैं आफ्ना कारण चपरीमुनि पुरिएका हुन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई भजाएर उनका सन्ततिलाई डा.गुरुङले काँधमा बोकेको पटक्कै सुहाएन । एमालेले र संयुक्त सरकार र प्रधानमन्त्रीले यस प्रतिगामी कदमलाई निस्तेज पार्नै पर्छ । देश र जनताको हितका सबालमा राजतन्त्र काल र गणतन्त्र कालको तुलना गर्दा हरेक क्षेत्रमा आकाश जमिनको फरक स्पष्ट हुन्छ ।
राजतन्त्र कालमा गरिबीको रेखामुनिका जनता ४९ प्रतिशत थिए भने गणतन्त्र कालमा १५ प्रतिशत रहेको छ । राजतन्त्र कालमा मातृशिशु मृत्युदर प्रतिहजारमा १२८ थियो भने गणतन्त्र कालमा मातृशिशु मृत्युदर हाल प्रतिहजार २१ मात्र छ । राजतन्त्र कालमा नेपालीको औसत आयु ५४ वर्ष थियो गणतन्त्र कालमा ७१ भन्दा बढी छ । नेपालको कूल गार्हस्थ्य उत्पादन सडक सञ्जाल खानेपानीको पहुँचलगायत बिजुलीको उपभोग विषयमा गणतन्त्रकाल धेरै माथि रहेको तथ्यले बताउँछ । यतिका फरक देखी देखी योग्यता, क्षमता, प्रतिभा र पौरखविहीन वंशका आधारमा मात्र श्रेष्ठ सामन्ती राजतन्त्रको कुनै द्धपनि सचेत व्यक्तिले पक्षपोषण गर्नु लज्जाजनक देखिन्छ ।
(इटहरी निवासी लेखक मदन भण्डारी फाउण्डेशनका केन्द्रीय सदस्य हुनुहुन्छ ।)






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…