समाचार सारांश
-
बुटवल–११ होराइजनचोकमा एक महिला र दुई छोरीको हत्या गरिएको छ।
-
३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका छोरीको हत्या भएको हो।
-
पूर्व पति सुजन कोइरालाले घरमै बोलाई हत्या गरेका हुन्।
-
हत्यारा पहिले दाजुको हत्या गरी जेल बसेर आममाफीमा छुटेका थिए।
काठमाडौं । बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै एक महिलासहित २ बच्चाको बीभत्स हत्या भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार होराइजनचोक नजिकै मिलीजुली पथमा ३४ वर्षीया दीपा बस्याल र उहाँका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको हो ।
सम्बन्ध विच्छेदपछि अर्कैसँग विवाह गरेर गएकी दीपालाई उहाँका पूर्व श्रीमान सुजन कोइरालाले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर हत्या गरेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिनुभयो ।
घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । मृतक दीपाका पूर्व पति कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेका थिए ।







भाद्र शुक्ल तृतीया : विधिपूर्वक
हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन