समाचार सारांश
-
धादिङ कारागारमा थुनामा रहेका २० वर्षीय विष्णु सुनारले शौचालयमा झुण्डिएर आत्महत्या गरेका छन्।
-
राति १ बजे शौचालय गएका उनी लामो समय नफर्किएपछि मृत भेटिएको हो।
-
मुडा बुन्ने डोरी प्रयोग गरी आत्महत्या गरिएको र घटनाबारे अनुसन्धान जारी छ।
धादिङ । ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि जिल्ला कारागार धादिङमा थुनामा रहेका एक थुनुवाले झुण्डिएर आत्महत्या गरेका छन् ।
गएराति धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदीका २० वर्षीय विष्णु सुनार शौचालयमा झुण्डिएर आत्महत्या गरेको कारागार कार्यालय धादिङका प्रशासक राममणी मिश्रले जानकारी दिनुभयो ।
सुनार राति १ बजेतिर शौचालय गएका थिए । तर लामो समयसम्म पनि नफर्किएपछि सुरक्षामा रहेकाले शौचालयको झ्यालबाट हेर्दा झुण्डिएको अवस्थामा मृत भेटिएको मिश्रको भनाइ छ ।
सुनारले मुडा बुन्न प्रयोग हुने डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको हो । सुनारको शव पोष्टमार्टमका लागि धादिङ अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…