भोजपुर । आगामी आर्थिक बर्षका लागि भोजपुरमा रहेका पालिकाहरुले योजना छनौट कार्य सुरु गरेका छन् । पालिकाको वडाहरुमा अहिले योजना छनौटसँगै वडा परिषद सुरु भएको छ ।
आर्थिक बर्ष २०८२/०८३ का लागि अहिले भोजपुर नगरपालिका भित्रका वडाहरुमा पनि वडा परिषद भइरहेका छन् । भोजपुर नगरपालिका वडा नम्वर ८ ले बुधवार वडा परिषद मार्फत ३५ लाख बरावरको योजनाहरु छनौट गरी सार्वजनिक गरेको छ । वडा परिषदमा वडाध्यक्ष नविन प्रधानले आगामी आर्थिक बर्ष वडामा संचालन हुने कार्यक्रम र बजेटका बारेमा सहभागि वडावासी र सरोकारवालालाई जानकारी गराउनु भएको थियो ।
वडाध्यक्ष प्रधानले प्रस्तुत गरेको बजेटमा लक्षित बर्ग तर्फ १७ लाख ८५ हजार र विकास तर्फ १७ लाख १५ हजार बरावरको बजेट बाँडफाँड गरिएको छ । वडा भित्रका कृषकलाई प्रोत्साहन गर्न भन्दै सवै भन्दा बढी सात लाख रकम टनेल बितरणका लागि छुट्याईएको छ । ‘एक घर, एक टनेल’ को अवधारणा अनुरुप वडाले बजेट बिनियोजन गरेको वडाध्यक्ष प्रधानको भनाई रहेको छ ।
लक्षित तर्फ शिक्षा, स्वास्थ्य, संस्कृति र समुदाय स्तरका कार्यक्रहरु समेटिएका छन् भने विकासतर्फ सडक, गोरेटो बाटो, खानेपानी धारा संरक्षण, मन्दिर ब्यवस्थापन लगायतका रहेका छन् । सवै क्षेत्रबाट योजनाहरु छर्नौट गरी आवश्यकताका आधारमा योजना तथा बजेट बिनियोजन गरिएको वडा सचिव सविता राईले जानकारी दिनुभयो ।
परिषदमा सहभागी वडावासीहरुले भने सानो रकममा योजना छनौट गर्दा समस्या भएको, योजना संचालनमा करको झन्झट बेहाेर्नु परेको, जनश्रमदानमा समस्या लगायतको गुनासोहरु राख्नु भएको थियो । वडाको बजेटबाट संभव नभएका योजनाहरुको लागि भने जिल्ला, प्रदेश र संघीय निकायहरुसँग माग गर्ने निर्णय पनि भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच