परिवेश :
नेपालमा सरकार बदल्ने लहर मौसम बदलिने अभरपर्दाे घटना झैँ विगत केही दशकदेखि रहेको समस्या हो । पछिल्लो साल २०७९ को आमचुनावपछि स्थिर सरकार देशमा बन्ला र विकास निर्माण कार्यमा सरकारको ध्यान केन्द्रित रहला भनेर जनताले आशा गरेकोमा त्यसको विपरीत अवस्था छ । सुशासन यहाँ देखिएला, अब त सुध्रने होला, अब त नेपाल एफएटिएफको ग्रे लिष्टबाट बाहिरिने बाटो नेताहरूले फटाफट बनाउलान् भन्ठानिएकोमा त्यसो केही हुन नसकिरहेको अवस्था छ । जताततै देशमा बलात्कार, रहस्यमय मृत्यु, भ्रष्टाचारमा कर्मचारी र उच्च पदस्थहरू नै संलग्न भएका घटना दिनहुँ अखबार वा रडियो तथा टेलिभिजनहरूमा आइरहँदा यो लेख पछिल्ला केही यस्तै घटनामा आधारित छ ।
रोशनी शाहीको मृत्यु प्रकरण :
यस देशमा चाहे राजा वीरेन्द्र शाह वा सोअघि मदन भण्डारी तथा जीवराज आश्रितको वा प्रधानमन्त्री रहिसकेका सुशील कोइराला वा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का एकमात्र पुत्र प्रकाश दाहाललगायत धेरै मान्छेले अकालमा र अस्वाभाविक मृत्यु भोगेका छन् । यसै क्रममा गत आइतबार २०८२ जेठ ११ गते रोशनी शाहीको विभिन्न मिडियामा आएको समाचार अनुसार सूर्यविनायक नगरपालिकाको बालकोटमा भाडा गरी बसेको कोठामा रहस्यमय मृत्युको समाचार बन्यो ।
कृष्णबहादुर महरा नेपालको राजनीतिमा चीनले पत्याएको भनिएकोमा उनको संलग्नता जनताले नेपालको जाँच एजेन्सीहरूको माध्यमले गैरकानुनी रूपमा चिनियाँ सुन तस्करसँग जोडिएको समाचार पनि पढ्नुपर्यो । महराको अर्काे फरक क्षमता चीनबाट नेपालमा पैसा ल्याएर सरकार बचाउने खेलमा लागेको भनेर पनि टेप प्रकरण माध्यमले बाहिरिएको थियो ।
प्रथम त रोशनी शाही सामान्य मानिस भए पनि उनको नाम माओवादीबाट नेपाली संसद्को सभामुख र धेरै चोटि मन्त्री बनिसकेका असामान्य मान्छे कृष्णबहादुर महरासँग अनीतिक कार्यमा जोडिएको विगत थियो । महरा नेपालको राजनीतिमा चीनले पत्याएको भनिएकोमा पनि उनको संलग्नता दुःखसुख रूपमा नेपाली जनताले नेपालको जाँच एजेन्सीहरूको माध्यमले गैरकानुनी रूपमा चिनियाँ सुन तस्करसँग जोडिएको समाचार पनि पढ्नुपर्यो । महराको अर्काे फरक क्षमता चीनबाट नेपालमा पैसा ल्याएर सरकार बचाउने खेलमा लागेको भनेर पनि टेप प्रकरण माध्यमले बाहिरिएको थियो ।
यति चर्चित गतिविधि गर्ने मान्छे असामान्य नै हुनुपर्छ तर रोशनी शाहीको भनिएको सुसाइड नोटसहितको आत्महत्या प्रकरणको तार कतै न कतै महरासँग करिब छ वर्षअघि शाहीको अनैतिक सम्बन्ध बाहिरिएर जेल, अदालतसम्म पुगेसँगै जोडिन पुगेको छ किनकि त्यहाँबाट महराको राजनीतिक गतिविधि बाहिर देखिनेबुझिने गरी समाप्त भएको सबैले अनुभव गरिरहेका छन् भने रोशनी गुमनाम भएकी थिइन् । यतिमात्र होइन कि उनले शक्तिशाली पुरुष केहीद्वारा राज्यसत्तालाई प्रभावमा पारिएर आफूलाई पागल करार गरिएकामा डिप्रेसनमा पारिएको बुझिन्थ्यो ।
रोशनी शाही त्यस मान्छेको नाम थियो जो दलगत रूपमा माओवादी थिइन्, माओवादी नेतासँग अवैध सम्बन्धमा बदनाम भइन् र एक महिला भएर आफ्नो सम्मानको लडाइँमा अन्य माओवादी कथित उपल्ला नेताहरूको पनि चरित्रको पोल खोल्दा पागल करार गरिएकीमा अब त उनले रहस्यमय मृत्यु नै झेलिन् । तर, नेपालमा उनको महिलाको अस्मिताको यस पुरुषप्रधान समाजमा लडाइँ लड्ने क्रममा एक प्रकारले शहादत नै प्राप्त गर्दा कथित महिलाकर्मी, मानवाधिकारवादी, राज्य संयन्त्र कसैले चासो लिएर सत्यतथ्य बाहिर ल्याउला भनेर विश्वास गर्दैनन् । कुनै देशको राज्य सञ्चालकबाट यस्तो निराशा जनताले पाउनु भनेको देशका सञ्चालकहरू पूर्णअसफल हुनु हो । शक्तिमा रहेका दल र नेताको खुशीको लागि लेख्ने, बोल्ने अलग कुरा भयो तर वास्तविक धरातल भनेको यही हो । राज्य असफलको संकेत हो यो ।
एउटा भनाइ छ- गरिब सताए तीन जाय दान, धर्म और वंश ना मानो तो देखलो रावण, कौरव और कंस अर्थात्, गरिबलाई सताउनेले आफ्नो दान, धर्म र वंश सबै गुमाउँछन्, नपत्याए रावण, कौरव र कंसलाई हेर्नू । रोशनी शाही त गरिब मात्र नभई एक महिला, कमजोर तर अस्मिताको लडाइँमा घाइते योद्धा थिइन् । मानव निर्मित धर्तीको सरोकारवाला अदालतको ढोका उनको न्यायको लागि बन्द भए पनि सर्वसत्तावादी महान् ईश्वरको सरकारको अदालतको ढोका भने उनीसहित सबैका लागि सदा खुलेको छ, आशा छ उनका कसुरदार दृश्य र अदृश्य सबै एक दिन राज्यद्वारा दण्डित गरिनेछ ।
गृहमन्त्रीहरू नै मुछिए :
नेपाली जनताको यो अर्काे दुर्भाग्य हो कि नेपालका पूर्व र वर्तमान धेरै गृहमन्त्रीहरू कृष्णबहादुर महरा, रवि लामिछाने र रमेश लेखकहरू विवादमा मुछिन्छन् अनि कोही जेल जान्छन् भने कोही जेल नगए पनि जनताको नजरमा गिर्छन् । महरा माओवादी गृहमन्त्रीको हालत थोरैबहुत माथि उल्लेख गरिसकियो भने निवर्तमान रास्वपाबाट गृहमन्त्री रवि लामिछाने अहिले जेलमा छन् । थुनामा जाने उनका कारणहरू दोहरो नागरिकता, पास्पोर्ट, धेरै महिलालाई नेपालदेखि अमेरिकासम्म युज एण्ड थ्रो भए पनि नेपालका कानुनले सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेलाई पुलिसको पिंजडामा बन्द गरेको छ ।
वर्तमान गृहमन्त्री रमेश लेखक सत्ताको एउटा साँचो पनि मानिन्छन् तर सरकार र सत्ता भनेको शक्तिमा रहेर अनैतिक काम गर्ने बुझिंँदैन । त्यसमा पनि उनी आफैं पनि कालोकोटधारी अर्थात्, कानुनको कखरा पढेको मान्छे देखिन्छ । उनलाई कानुन, नैतिकता सञ्चार र जनताले सिकाउनु नपर्ने हो ।
जानकारहरू जतिवटा जिल्ला अदालतमा लामिछानेको मुद्दा विचाराधीन छन्, ती सबैलाई सर्वाेच्च अदालतसम्म पुर्याएर छिनोफानो गर्न बीस वर्षजति नेपालको हालको ढर्रामा लाग्ला भन्छन् अर्थात्, उनको राजनीति करिब-करिब सकियो । यस्तै, भ्रष्टाचारका विभिन्न काण्डमा मुछिएर राजनीति लगभग समाप्त पारेका हाम्रा पूर्वगृहमन्त्री दिवंगत खुमबहादुर खड्का र जीवित रहेकका गोविन्दराज जोशी, विजयकुमार गच्छेदारहरू पनि हुन् तर हाल वर्तमान गृहमन्त्री नै पनि भ्रष्टाचारमा तानिएका छन् ।
वर्तमान गृहमन्त्री रमेश लेखक सत्ताको एउटा साँचो पनि मानिन्छन् तर सरकार र सत्ता भनेको शक्तिमा रहेर अनैतिक काम गर्ने बुझिंँदैन । त्यसमा पनि उनी आफैं पनि कालोकोटधारी अर्थात्, कानुनको कखरा पढेको मान्छे देखिन्छ । उनलाई कानुन, नैतिकता सञ्चार र जनताले सिकाउनु नपर्ने हो । तर, उनको नाम अध्यागमनमा काम गर्ने कर्मचारी तीर्थ भट्टराईले विदेश जानेबाट रकम अवैधानिक रूपमा उठाएको भनिएकोसँग जोडिन पुगेको भनिन्छ । विभिन्न सञ्चारमाध्यमले त उनको संदिग्धता उक्त कर्मचारीसँग रहेको दाबीसहित मिडिया ट्रायल समाचार पनि बनाइसके ।
स्वयं लेखकले कांग्रेसको तर्फबाट तात्कालीन गृहमन्त्री रवि लामिछानेको नाम सहकारी काण्ड, गोर्खा मिडिया आदिमा मुछिँदा नैतिकताको आधारमा राजीनामा माग्थे तर आज आफैं त्यस्तो पात्र बन्न पुगेका छन् । कांग्रेसभित्रै जहाँ पूर्णबहादुर अर्थात् कान्छाराम तामाङको राजीनामा सभापति शेरबहादुर देउवाको इसारामा एमाले प्रधानमन्त्री केपी ओलीले मन्त्री पदबाट लिइसकेका छन्, त्यहाँ अब रमेश लेखकलाई किन बक्सने भनेर राजीनामा लिने देउवाइतर पक्ष र नलिने संस्थापन देउवा पक्षमा मत विभक्त भएको छ । जनताले नजिर सम्झाउने हो, नैतिकता भने पात्र र सम्बन्धित दलहरूले आ-आफ्ना पालामा देखाउने हुन् ।
निष्कर्ष :
सवाल छ कि के नेता, कर्मचारीलाई खान पुग्दैन कि अनैतिक रकम उठाएर मरेका जनतालाई झन् मार्छन् ? के नेपालमा सच्चरित्र बनिरहन महिलाले पुरुषका लागि प्राण उत्सर्ग गरिरहनुपर्ने यति कमजोर कानुन नेपालमा छ ? के नेपालका नेताहरू एक चोटि चुनाव जितेर मन्त्री बनेर मालपानी कमाएर अर्काे चुनाव जित्ने यति बाध्यता हो ? के नेपाली जनताको नियतिमा यस्तै नेताहरूले भाग्य कोर्न लेखेकोे छ ? यस्तो असत्यको विजय सत्यमाथि हुन सक्दैन । यो क्षणिक अवस्था हो किनकि राज्यलाई असफल बनाउने केही कुपात्रहरू सत्ताको केन्द्रमा छन् तर सदाका लागि रहन सक्दैनन् । जनताले दण्ड दिने भनेको चुनावमा हो, सकारात्मक सुधारलाई विषय बनाएर आन्दोलनमा मर्यादित भएर आउनाले नेतालाई ट्याकमा राख्नेछ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर