काठमाडौं । ज्योति साहित्य प्रतिष्ठानको २१८औं कविता शृंखला सम्पन्न भएको छ । प्रतिष्ठानले नियमित रूपमा गर्दै आएको कविता यात्राको नयाँ शृंखला सम्पन्न भएको हो । शृंखलामा कार्यक्रमका प्रमुख अतिथि प्राडा.खगेन्द्रप्रसाद लुइँटेलले कविता इलास्टिकजस्तो तन्काउने विषय नभएको बताउनुभएको थियो । उहाँले कविता लेख्नेले अरूका कविता सुन्ने, बुझ्ने र अनुभूत गर्ने अभ्यास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
सो अवसरमा डा.विप्लव ढकाल, भीष्म उप्रेती, डा.पद्मा अर्याल, सूर्य लाकोजु, शैलेन्द्र साकार, विजय हितान, गंगा भेटवाल, डा.मनमूर्ति भूर्तेल, बुद्धिमान महर्जन, श्रीराम पौडेल, करिश्मा सिंह, अम्बिका सुवेदी, रजनी मिललगायत करिब ३० कविले कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानले पर्यासाहित्यमा कलम चलाउँदै आउनुभएका विजय हितानलाई ‘पर्यासाहित्य दूत’ सम्मान अर्पण गरेको थियो ।
‘पर्यासाहित्य दूत’ सम्मान प्राप्त विजय हितानले आफ्नो कविता ‘मलाई आर्यघाट लगेर नजलाउनु’ सुनाउनुभयो । प्राडा.लुइँटेलले बुद्धिमान महर्जन, श्रीराम पौडेल, करिश्मा कुमारी सिंह, अम्बिका सुवेदीलगायतलाई मायाको चिनो पनि प्रदान गर्नुभएको थियो ।
ज्योति साहित्य प्रतिष्ठानकी महासचिव उषा आचार्यले सहजीकरण गर्नुभएको कार्यक्रममा सभापति मणिराज सिंहले विजय हितानलाई बधाई ज्ञापन गर्दै उहाँलाई नेपाली साहित्यको साँचो प्रतिनिधि भनेर प्रशंसा गर्नुभयो । उहाँले अक्षरमार्गका प्रकाशक, सम्पादक र सहयोगीहरू तथा विश्व नेपाली साहित्य महासंघका पदाधिकारीलाई पनि धन्यवाद दिनुभएको थियो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर