बैतडी । बैतडीमा भन्सार छलेर ल्याएको अवैध बिँडीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छलेर ल्याएको ३ लाख ३० हजार बराबरको ११ पेटी बिँडीसहित दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिनुभयो ।
बिहीबार बिहान जिल्लाको पुर्चौडी नगरपालिका-१० विजयपुरबाट हाट तर्फ जाँदै गरेको सुपप्र ०१००१ ज १७१३ नम्बरको १२ लाख मूल्यको बोलेरो जिपसहित चालक र साहुलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।
चालक सिगास गाउँपालिका-२ का २२ बर्षीय मानसिंह धामी र पुचौँडी नगरपालिका-१० विजयपुरका गाडीधनी २८ वर्षीय दिनेश महरालाई नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकको प्रहरी टोली र पुरघाट प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले पुर्चौडी नगरपालिका-१० विजयपुरबाट उनीहरुलाई अवैध बिँडीसहित नियन्त्रणमा लिएको हो ।
अवैध बिँडी, बोलेरो जिप र चालक र साहुलाई आज आवश्यक अनुसन्धानका लागि महाकाली भन्सार कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालयल बैतडीले जनाएको छ ।
यसअघि जेठ ४ गतेपनि २ लाख ८२ हजार रुपैयाँ बराबरको प्रतिबन्धित बिँडी बरामद गरिएको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच