धादिङ । नागढुंगादेखि नौबिसेसम्मको सडकखण्ड सडक मर्मत तथा सुधारको काम तीब्र गतिमा अगाडि बढेको छ । जिअंसु र सगुन कन्ट्रक्सनले संयुक्त रुपमा निर्माण गर्दै आएको नागढुंगा-मुग्लिन सडक आयोजना प्याकेज नं. १ नागढुंगादेखि नौबिसेसम्म त्रिभुवनराजपथको सडक निर्माणकाे काम तीन खण्डमा भइरहेको छ ।
१२.२६० किलोमिटर सडक विस्तार गर्न एक अर्ब ३१ करोड ८४ लाख एक हजार २१० रुपैयाँ लागतमा दुई वर्षमा सक्ने गरी २०७८ चैत २४ गते सम्झौता गरेको थियो । दोस्रो पटक म्याद थप गरेपनि हालसम्म ३० प्रतिशत मात्र काम सम्पन्न भएको जिअंसु र सगुन कन्ट्रक्सनले जनाएको छ । दोस्रो पटक थप गरिएको म्याद आगामी असार ११ गते सकिँदै छ ।
यसैगरी नागढुंगा-मुग्लिन सडक आयोजना प्याकेज-२ अन्तर्गत नौबिसेदेखि मलेखु खोलासम्म शर्मा-लामा कन्ट्रक्सन र जेआइसिजीले संयुक्त रुपमा काम गर्दै आएको छ । ४३.५४२ किलोमिटर सडक सुधारका लागि पाँच अर्ब ३३ करोड १९ लाखमा तीन वर्षमा सक्ने गरी २०७८ चैत २४ गते सम्झौता गरी निर्माण कार्य गरिरहेको छ ।
सो खण्डको पनि ३८ प्रतिशत मात्र काम सम्पन्न भएको छ । सो खण्डको पनि यही जेठ २५ गते म्याद सकिँदै छ । यसैगरी नागढुंगा-मुग्लिन सडक आयोजना प्याकेज नं. ३ मलेखु खोलादेखि मुग्लिनसम्म ३९ किलोमिटर सडक सुधार गर्न चार अर्ब ५० करोडमा शर्मा कन्ट्रक्सन र जेडआइसीजीले निर्माणका लागि जिम्मा लिएको छ । प्याकेज-१ नागढुंगादेखि नौबिसे सडक खण्डमा पहिलो चरणको विविएम बिछ्याउने काम नौविसेदेखि खत्रीपौवा (सुरुङ मार्ग नजिक) सम्म सकिएको छ ।
दोस्रो चरणको विविएम बिछ्याउने काम पनि अन्तिम चरणमा पुगेको बताइएको छ । प्याकेज नं. २ नौबिसेदेखि मलेखुसम्म विभिन्न स्थानमा ११ किलो मिटरमा विविएम बिछ्याउने काम सकिएको छ । केही ठाउँमा दोस्रो चरणको विविएम बिछ्याउे काम भइरहेको छ । महादेवबेसीदेखि गल्छीसम्म पनि निर्माण कार्य जारी रहेको छ । प्याकेज नं. १ नागढुंगादेखि नौविसेसम्म आउने तिहारसम्म कालोपत्रे पुरा हुने आयोजनाले जनाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…