काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भेटघाट गर्नुभएको छ । भेटका अवसरमा राष्ट्रपतिलाई सदस्य सचिव घिसिङले वर्तमान नेपाली खेलकुदको अवस्था तथा राष्ट्रिय खेलकुद परिषद्ले गरेका काम तथा भावी योजनाबारे जानकारी गराउनुभएको थियो ।
भेटका अवसरमा सदस्य सचिव घिसिङले १५औं संस्करणको केन्द्र स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उद्घाटनमा प्रमुख आथित्यताका लागि राष्ट्रपतिलाई निमन्त्रणा दिनुभएको छ । राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ गतेदेखि ३० गतेसम्म काठमाडौंमा हुँदैछ । खेल प्रतिभा खोजीको मुख्य आधार रहेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुनेगरेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच